
Ges
dpm
Pbu
Mbf
Snmbs
Amb
Dbc
rgs
Sdc
sjnsplk
Dpm
Snmbs
snmbs
pvg
Gesld


दाङ । देउखुरीको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा (पोख्रेल) विश्वासले गढवामा निर्माणाधिन १५ शैयाको अस्पताल भवनक्क स्थलगत अवलोकन गर्नु भएको छ ।
पुरानो संरचना भत्काएर १५ सैयाको नयाँ भवन निर्माण भैरहेको छ । भवन निर्माण कार्य सुरु भएदेखी स्वास्थ्य चौकीले दिदै आएको सम्पुर्ण आकस्मिक सेवाहरु बन्द भएको छ। अहिले एउटै भवनको विभिन्न कोठामा सिमित रही आकस्मिक सेवा बाहेक अन्यसबै सेवाहरु प्रदानगर्दै आएको छ।
भवन निर्माण सम्पन्न नहुँदासम्म स्थानीयहरुलाई ठुलो सास्ती भोग्नु परेको छ । आकस्मिक सेवाका लागि लमही अस्पताल लगायतको ठाउँमा जान बाध्य भएका छन् ।
भवन निर्माणमा ढिलाई नहोस्,सम्झौता अनुसार नै निर्माण कार्य सम्पन्न गरी समय मै आकस्मिक सेवा सहितको सबै सेवा सुचारु गर्न लागि परेको गढवागाउँपालिका अध्यक्ष यमनरायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
अनुगमनको क्रममा अध्यक्ष शर्माले स्वास्थ्य चौकी गढवाका डाक्टर लगायतको टिमसंग छलफल गर्नु भएको छ । स्वास्थ्य चौकी गढवामा देखिएको समस्याको बारेमा छलफल गरिएको र तत्काल समाधान निकाल्ने आश्वासन दिनु भएको स्वास्थ्य चौकी गढवाले बताएको छ ।
