
Ges
Snmbs
Snmbs
Dbc
dpm
Mbf
Amb
sjnsplk
Gesld
Pbu
snmbs
rgs
pvg
Sdc
Dpm


भोजपुर। जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइल सहित खाँदबारी नगरपालिका –१० बस्ने २६ वर्षीय निराजन गौतम र २५ वर्षीय टीकाराम तिवारीलाई पक्राउ गरेको हो ।
त्यस्तै असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइलसहित सङ्खुवा सभाको पाँचखपन नगरपालिका–२ का २३ वर्षीय रविकिरण राईलाई पक्राउ गरेको हो । त्यसैगरी जेठ ८ गते भोजपुरको देउरालीबाट स्थानीय बालम राईको चोरी भएको मोटरसाइकलसहित सङ्खुवा सभाको खाँदबारी नगरपालिका–७ बस्ने २५ वर्षीय मौसम तामाङ र सभापोखरी गाउँपालिका–३ का २८ वर्षीय उपेन्द्र तामाङ पक्राउ परेका हुन् । त्यस्तै भोजपुर बजारमा पार्किङ गरेको ठाउँबाट गिरेन्द्र खड्काको मोटरसाइल चोरी गर्ने खाँदबारी नगरपालिका–१ का ४० वर्षीय रोहितमान राईलाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरूले सङ्खुवासभाका दुर्गम ठाउँमा लगेर नम्बरप्लेट तथा पार्टपुर्जा परिवर्तन गरेर मोटरसाइकल चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए। चोरीका मोटरसाइल रु २५ हजारदेखि रु ७० हजारसम्ममा बिक्री गरेको पाइएको उनको भनाइ छ ।
प्रहरीले मोटरसाइल किन्ने तथा पूर्जा परिवर्तनमा सहयोग गर्ने ग्यारेजवालालाई समेत नियन्त्रणमा लिएको छ । चोरीको योजना बनाउने मुख्य योजनकार बमबहादुर न्यौपानेलाई इटहरीबाट पक्राउ गरी भोजपुर ल्याउने तयारी भइरहेको प्रमुख राईको भनाइ छ ।
