
Ksb
Ssb
Usb
Csb
Ksb
Tgp
Ksb
Rsb
Bsn
Ssb
Ppu
Nsb
Gsb
jsb
Fmb
Rks

Usb
Hl1
Tsb
Gsb
Ssb

ptl
Rgu
Nps
दाङ । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थाले पछि राप्ती गाउँपालिकाका सवै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ । मंगलबार राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ गतेदेखि साउन २४ गते सम्म ७ दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।
साथै हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सवै विद्यालयहरु बन्द गरिएको शाखा प्रमुख विकले जानकारी दिएका छन् । साथै उक्त निर्णय कार्यन्यवन गर्न सवै विद्यालयलाई आग्रह समेत गरिएको जारी सुचनामा उल्लेख गरिएको छ ।
