
Gsb
Ksb
Csb
Tgp
jsb
Bsn
Ppu
Ssb
Ksb
Nsb
Rsb
Usb
Ssb
Ksb
Fmb
Rks

Gsb
Hl1
Ssb
Tsb
Usb

Nps
Rgu
ptl
दाङ । दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । अर्का एक युवक घाइते छन् । काठमडौं महाराजगंजकी १७ बर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो बंगलाचुली स्थित स्याला खोलाले बगाउँदा मृत्यु भएको छ ।
घोराही उपमहागनरपालिका वडा नं. १४ का २१ बर्षीय हिकमत बुढा मगर घाइते भएका छन् । उनको अवस्था सामान्ने रहेको तथा घुँडाहरुमा चोट रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
त्यस्तै डिएसपी रिजालका अनुसार उनी दाङ घोराही स्थित दिदीको घरमा आएको समयमा साथीहरु संगै घुम्न भनेर बंगलाचुली गाउँपालिका गएकी थिइन ।सोमबार दिउँसो दूई वटा मोटरसाइकलमा चार जना जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाको मर्फेस क्षेत्र घुम्न जाँदा पानी पर्न थालेपछि उनीहरु बीच बाटोबाटै फर्किएका थिए । फर्किने क्रममा एउटा मोटरसाइकलले खोला पार गरेपनि एउटा अर्कौ मोटरसाइकल तर्ने क्रममा बंगलाचुली – २ स्थित स्याला खोलामा बाढी तर्ने क्रममा बग्न पुगेको डिएसपी रिजालले बताए ।
पछाडिबाट बाइक ढकल्दै गरेकी सुनिता बगेपछि संगै गएका युवाले उद्धारको प्रयास गरेपनि सफल नभएपछि बल्ल पौने चार बजेतिर प्रहरीलाई उनीहरुले सूचना दिएका थिए ।सुनिताको शब घोराही उपमहानगरपालिका वडा नं.१८ स्थित सिस्ने खोला पुल नजिक फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै बगेको मध्य रा ३ प ५०६३ नम्बरको मोटरसाइकल मात्रै यो खबर तयार पार्दासम्म खोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ । अर्कौ मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।फरक कोण
