दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले एक सय साठी जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ । ट्राफिक प्रहरीले सवारी चालक तथा सह चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा ती चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको हो ।
लमही बसपार्कमा भित्र स्वास्थ्य परिक्षण तथा परामर्श शिविर संचालन गरेर चालक र सहचालक हरुको लागि स्वास्थ्य परिक्षण गर्नुका साथै आखाको पनि चेक गर्दै उनीहरुलाई विभिन्न प्रकारका परामर्श दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
सो शिविरमा एकै दिन मात्र १ सय ४ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परिक्षण गराएका छन । दाङको लमहीमा नि:शुल्क स्वास्थ शिविर परिक्षणका क्रममा अधिकाशंलाई ब्लड प्रेसर र आँखाको समस्या देखिएको अस्थायी ट्राफिक पोस्ट लमहीका ट्राफिक प्रमुख बिक्रम बिकले बताउनु भयो ।
नि:शुल्क स्वास्थ परिक्षण गर्न पाउदा चालक र सहचालकहरु यो कामबाट निकै खुशी देखिएका छन । लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परिक्षणमा समस्या देखिएकाले दाङ ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको ट्राफिक प्रमुख परियारले जानकरी दिनु भयो ।
स्वास्थ शिविरहरु जिल्लाका अन्य स्थानमा पनि आयोजना गरिने ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ लमही आँखा अस्पताल लमही दाङ लमही नगरपालिका स्वास्थ्य शाखा दाङ यातायात व्यावसायी नागरिक समाज जनप्रतिनिधि पत्रकारहरु लगायतको सहभागिता रहेकोे थियो ।