
Dbc
snmbs
Sdc
rgs
Pbu
sjnsplk
dpm
Ges
Snmbs
Dpm
Snmbs
pvg
Amb
Gesld
Mbf


धनगढी । धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज जोशीले जानकारी दिए ।
उनका अनुसार पशुपति टोल बस्दै आएका उनीहरू दुवै जनालाई स्रोत नखुलेको उक्त रकम शनिबार बिहान करिब साढे ५ बजेतिर साइकलमा धनगढी चौराहतर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो ।
उक्त रकमबारे दुवै जना युवकले सशस्त्र प्रहरीलाई यथार्थ कुरा बताइरहेका छैनन् । बरामद गरिएको रकमसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।अनलाइनखबर
