
jsb
Rsb
Ksb
Rks
Ssb
Usb
Bsn
Gsb
Tgp
Fmb
Csb
Ksb
Ssb
Ksb
Nsb
Ppu

Ssb
Hl1
Gsb
Usb
Tsb

ptl
Nps
Rgu
दाङ । दाङमा उद्योग वाणिज्य संघहरुले बैंक व्याजदर वृद्धिले उद्योग तथा व्यावसायीहरु मारमा परेको भन्दै यसलाई फिर्ता लिन माग गरेका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको जिल्ला भरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले पटक–पटक ब्याज बढाउँदा उद्योगी तथा व्यावसायीहरुलाई अप्ठेरो परेकाले ब्याज सम्वन्धी पुनर्विचार गर्न समेत माग गरेका छन् । बैठकले उद्योगी तथा ब्यवसायीहरुलाई पुनर्कर्जाको व्यवस्था मिलाउन समेत माग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिनुभयो ।
बैठकमा निजी क्षेत्रमा देखिएका समस्या,समस्या समाधानका लागि भईरहेका कार्यहरु,जिल्लाका विकास निर्माणमा निजी क्षेत्रले गर्दै कार्यहरु लगायत विषयमा छलफल गरिएको थियो । बैठकले निजी क्षेत्रको समस्या समाधानको लागि सहकार्य गरेर अगाडि वढनु पर्ने सहभागिहरुको भनाई थियो ।
त्यस्तै बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका निवर्तमान उपाध्यक्ष हेमराज वन्जाडे,दाङ जिल्ला उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल,संघका उद्योग उपाध्यक्ष अनिल आचार्य,संघका महासचिव महेन्द्र वुढाथोकी,देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल,नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान वस्नेत,राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खडका,सिसहनिीयाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण वुढाथोकी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर वुढा मगर,हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्री,शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा,विजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतमलगायतले भनाई राख्नुभएको थियो ।
