Sidha Patra बुधबार, साउन ०४, २०७९

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले छुट्टा छुट्टै कार्यक्रम गरि घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका नव निर्वाचित पदाधिकारी तथा घोराही अटो टाउन व्यवस्थापन समितिका पदाधिकाहरुसंग परिचयात्म कार्यक्रम गरेको छ ।

कार्यक्रममा वोल्दै घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डि सीले घोराहीका नागरिकलाइ स्वच्छ र सहज पानी खुवाउने आफुहरुको प्राथमिक्ता रहेको बताए । यसका लागि आफुहरु अगाडि वढेको बताए । घोराहीमा दिर्घका लिन पानीको समस्या समाधानका लागि ववइको पानी घोराहीमा ल्याउने योजना सम्झौता भइ सकेको उनको भनाइ रहेको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तले शहरीकरण वढदै गएको गएको र खानेपानीको समस्या हुन सक्ने भएकाले त्यस तर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रममा संघका विशिष्ट सदस्य मित्रदेव अधिकारी लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यवाद ज्ञापन संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

यसैविच घोराही अटो टाउन व्यवस्थापन समितीका पदाधिकारीहरुसंग भएको परिचयात्मक कार्यक्रममा वोल्दै अटो व्यवस्थापन समितीका अध्यक्ष रत्नराम वन्जाराले घोराहीलाई सफा र स्वच्छ राख्न आफुहरु अगाडि बढ्ने बताए । सबै व्यवसायिहरुलाई अटो टाउनमा लगेर वजारलाई सफा र स्वच्छ राख्न् सबै संग सहकार्य गरेर अगाडि वढने बताए ।

त्यसैगरी कार्यक्रममा संघका अध्यक्ष टंक सिंह बुढाथोकीले व्यावसायीहरुको समस्या समाधानका लागि उद्योग वाणिज्य संघ सधै लागि पर्ने बताए । व्यावसायीहरुलाई समस्याका वारेमा जानकारी गराउन समेत आग्रह गरे । सबै मिलेर वजार व्यवस्र्थीत गरिनु पर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा संघका सदस्य ज्ञानवहादुर फौदार क्षेत्र लगाएतकाले भनाइ राखेका थिए । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघको कोषाध्यक्ष शुसिल पोख्रेलले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]