
Gis
Bsbus
Ksbus
Ses
Ssbus
Gsbus
Ssbus
Ksbus
Nssbush
Ksbus
Lsbus
Gsbus
Ssbus
Gms
Gsl
Gis
Rsbus
Ksbus
Pbu
bpmhl

Ssm
Pvg
Ksm
Rgu
Rsb
Sls
Tsm
Rgs
Hal
Ggd
Gst
Wsp
Sbs
Bbbpu
Asm
Bbu
Vor
nsb
Rgu

Ptm
bbt
Rpp
Jmb
Syp
Abd
Jmb
Rmb
Bml
Pls
Gsb
sab
Mks
दाङ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ४३ करोड बढी कारोबार गरेको छ ।
आर्थिक वर्ष सकिएको भोलि साउन १ गते आइतबार संस्थाले सार्वजनिक गरेको प्रारम्भिक वार्षिक प्रगति प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाले ४३ करोड ११ लाख ५९ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । गत आर्थिक वर्षमा चरम आर्थिक मन्दी हुँदाहुँदै पनि संस्थाले सबै सूचकहरुमा सकारात्मक प्रगति गरेको छ ।
कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा करिव ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा आयकर अघी ४५ लाख ११ हजार १ सय ६९ रुपैयाँ मुनाफा आर्जन गरेको कलश सहकारीले गत आर्थिक वर्षमा १० प्रतिशतले बढी आयकर अघीको मुनाफा ४९ लाख ७५ हजार २ सय ६३ रुपैयाँ आर्जन गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो साथै संस्थाले बचत संकलन र ऋण लगानीमा समेत अघिल्लो आर्थिक वर्ष भन्दा १५ प्रतिशतले वृद्धि गरेको छ ।
संस्थाले गत आर्थिक बर्षमा ११ करोड ३ लाख ५५ हजार ३ सय ७२ रुपैयाँ बचत संकलन गरेको छ भने १० करोड २७ लाख २६ हजार ७ सय ५९ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले पछिल्लो एक वर्षमा १४ प्रतिशतले वासलात वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा १२ करोड ४२ लाख २६ हजार २ सय ७८ रुपैयाँ वासलात रहेकोमा गत आर्थिक वर्षमा त्यो बढेर १४ करोड १८ लाख ३१ हजार ६ सय १३ रुपैयाँ पुगेको कोषाध्यक्ष नवराज भण्डारीले जनाउनुभएको छ ।
घोराही उप–महानगरपालिका वडा नं. १३ देखि १८ सम्म कार्यक्षेत्र रहेको कलश बचत तथा ऋण सहकारी संस्थामा गत आर्थिक वर्षमा ११ प्रतिशतले शेयर सदस्य वृद्धि भएका छन् । अघिल्लो आर्थिक वर्षमा ८ सय २४ जना शेयर सदस्य रहेकोमा गत आर्थिक वर्षमा ९ सय ११ जना शेयर सदस्य पुगेको संस्थाले जनाएको छ ।
अधिकाँस युवाहरुको सक्रियतामा संचालन भइरहेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई युवा स्वरोजगार कोषको सहुलिएत ऋण उपलव्ध,व्यवसाय गर्न चाहाने शेयर सदस्यहरुलाई सहुलियत दरमा ऋण उपलव्ध,विभिन्न दैविप्रकोपहरुबाट पिडित शेयर सदस्यहरुलाई राहत प्रदान,विभिन्न सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना,वाणिज्य बैंकहरुले प्रदान गर्ने सुविधा सरहको ऋण उपलव्ध, शैक्षिक प्रमाण पत्र धितो राखी ऋण उपलव्ध गराउने काम गरेको छ । संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुको छोराछोरीहरुलाई समेत बचत गर्न अभ्यस्त बनाउने उद्धेश्यले दोब्बर भुक्तानी बाल बचत योजना मार्फत ३ सय ३४ जना बालबालिकाहरुले नियमित रुपमा मासिक बचत गर्दै आइरहेका संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
संस्थामा पेन्सन बचत,उपदान बचत,स्मार्ट दिगो बचत,दोब्बर भुक्तानी बाल बचत,अनिवार्य मासिक बचत लगाएतका विशेष बचत कार्यक्रमहरु रहेका छन् । साथै संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बचत तथा ऋण कारोबारको आधारमा प्राप्त हुने संरक्षित पुँजी फिर्ता कोषको रकम वार्षिक साधारणसभाका अवसरमा नगदै वितरण गर्दै आइरहेको छ ।
