
dsbus
Ssbus
Pbu
Bksbus5
bpmhl
Ksbus
Jsbus
Ksbus
Lsbus
Ssbus
Ksbus
Csbus
Gsbus
Gsl
Rsbus
gms
Bsbus
Ssbus
Nssbus7

Asm
Bbbpu
Pvg
Gst
Rgu
Ssm
Bbu
Vor
Sls
Sbs
nsb
Tsm
Ggd
Rsb
Hal
Wsp
Rgs
Ksm
Rgu

sab
Gsb
Ptm
Mks
Syp
Bml
bbt
Abd
Rpp
Rmb
Jmb
Jmb
Pls
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरमा कार्यरत कर्मचारी, चालक तथा सहचालकलाई यात्रुमाथि अमर्यादित व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ, सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका ३६ वर्षीय डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी तथा सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटा रहेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार उनीहरूले यात्रु तानातान गर्ने, झोला खोस्ने तथा अन्य अमर्यादित गतिविधि गर्दै यात्रुलाई सास्ती दिने गरेको पाइएपछि पक्राउ गरिएको हो।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
