Sidha Patra शनिबार, आषाढ ३२, २०७९

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक दर्जन जिल्लामा एसपीको हेरफेर तयारी थालेको छ । एक वर्ष अवधि पुगेका र बढुवाका कारण रिक्त हुन लागेका जिल्लामा हेरफेर हुन लागेको हो ।

यसपटक मोरङ,कास्की,मकवानपुर,बाँके,बारा, रौतहट, कपिलवस्तु जस्ता महत्वपूर्ण जिल्लाका प्रमुख फेरिदै छन् । कास्कीका एसपी रमेश थापा अमेरिका तालिमका लागि जिल्लाबाट बिदा भइसकेका छन् । त्यस्तै,मोरङका राजन अधिकारी, मकवानपुरका सुरेन्द्र गुरुङ,बाराका दिलिपसिंह देउवा, रौतहटका बिनोद घिमिरे,कपिलवस्तुका दानबहादुर कार्की तथा डोटीका शारदा प्रसाद चौधरी बढुवा भएपछि ती जिल्लाका एसपी रिक्त छन् ।

त्यस्तै रिक्त जिल्लामा सरुवाका लागि तिव्र प्रतिस्पर्धा छ । एसपीहरु कृष्ण कोइराला,दिलिप घिमिरे,अजय केसी,आभूषण तिमल्सिना,सन्तोषसिंह राठौर, होबिन्द्र बोगटी,श्याम कुमार महतो,सुदर्शन कोइराला, सविन प्रधान,गंगा पन्त,कमल थापा लगायत मुख्य जिल्लामा प्रमुख दाबेदार छन् । तर,केही बदनाम एसपीहरुले पनि बाँके,मोरङ,कास्की जानलाई बालुवाटारमार्फत दबाब दिइरहेकाले सरुवामा ढिलाई भएको स्रोत बताउँछ ।दृष्टि-न्युजबाट

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार:वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]