शिबराज पन्थी/गढवा बुधबार, आषाढ २९, २०७९

दाङ । अघिल्लो दिन क्लास टिचरले गर्नु भएको खबर बमोजिम बुधवार देउखुरीको राजपुर स्थित जनज्योति माध्यमिक विद्यालय मटेरीयामा अध्ययनरत बिपन्न र सिमान्तकृत वर्गका विद्यार्थीहरुले डे्रस पाउने आशा बोकेर विद्यालय आए ।

दिउसो २ बजे कार्यक्रमको आयोजना गर्ने विद्यालयको योजना थियो तर एकाएक जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा सम्मान ग्रहण गर्न प्रअ र सहायक प्रअलाई घोराही पुग्नुपरेको बाध्यताले कार्यक्रम २ घण्टा ढिला भयो । विद्यालयका अध्यक्ष अमरराज गिरीले कार्यक्रमको पुर्ण तयारी गरि प्रतिक्षारत हुनुहुन्थ्यो ।

उता कत्तिबेला डे्रस पाईएला भनेर विद्यालयको हलमा खचाखच भरिएर ब्यग्र प्रतिक्षा गरेका विद्यार्थीहरु बैंकका हाकीमहरु र विद्यालयका प्रअलाई देखेपछि औधि खुसी भएर तालिको गड्गडाहटले स्वागत गरे । बुवा आमालेलाई डे्रस किन्दीन धेरै पटक भनें तर घरको आर्थिक स्थितिले गर्दा सक्नु भएन । बिना डेस नै विद्यालयमा आउनु पर्दा निकै अप्ठेरो महसुस हुन्थ्यो ।

सरहरुले दिनहुँ डे्रस किन नलगाएको भनी प्रश्न गर्नुहुन्थ्यो तर म भने मौन रहन्थे–जनज्योति माबि वेलाको कक्षा–८ मा अध्ययनरत विद्यार्थी कामना गन्धर्वले भन्नुभयो । अब भोलीबाट डे्रस लगाएर स्कूलमा आउने छु । सोही विद्यालयको कक्षा ९ मा पढ्ने छात्र एकराज यादव र अभिषेक नेपाली बुधवार गढवाको बैंकले डे्रस दिन थालेको कुरा कक्षागत शिक्षकबाट थाहा पाएर खुसीले गद्गद् हुदै विद्यालयमा आउनुभयो ।

दिनभर डे्रस पाउने आशा गरेर बसिरहदा दिनको ४ बज्नै आटेको समयमा एक कार्यक्रमका बिच डे्रस वितरण हुँदा उहाँहरु दुवै खुसी भएको बताउनुभयो । गन्धर्व,यादव र नेपाली जस्तै सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत देविसरा बिक र पुष्पा परियारले पनि बुधवार कृषि बिकास बैंकका हाकीमहरु आफ्नो विद्यालयमा आफै आएर डे्रस वितरण गर्दा असाध्यै खुसी भएको बताउनुभयो । कक्षा १० मा अध्ययनरत छात्र गौतम सुनार लगायत सो विद्यालयका १ सय ४० जना विद्यार्थीहरु डे्रस पाउँदा निकै खुसी र प्रफुल्लित भएको आभाष झल्किन्थ्यो ।

कृषि बिकास बैंक गढवाले बुधवार जनज्योति माध्यमिक विद्यालय राजपुर–२ मटेरीयामा पुगी एक कार्यक्रमको आयोजना बीच बिपन्न तथा सिमान्तकृत वर्गका जेहेन्दार विद्यार्थीहरुलाई डे्रस वितरण गरेको छ । बैंकको मुनाफा मध्येबाट संस्थागत सामाजिक उत्तरदायित्वको बार्षिक कार्यक्रम अन्तर्गत यो अभियान आयोजना गरिएको बैंकका गढवा शाखा प्रबन्धक नरवेश्वर चौधरीले जानकारी दिनुभयो ।

कृषि बिकास बैंक गढवा शाखाका प्रबन्धक नरवेश्वर चौधरीको अध्यक्षता र कृषि बिकास बैंक प्रदेश कार्यालय दाङका निमित्त प्रमुख रुक्मांगत पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै निमित्त निर्देशक पौडेलले बिपन्न र सिमान्तकृत बर्गका विद्यार्थीहरुलाई डे्रस नभएर विद्यालय आउन असहज नहोस भनी बैंकले सामाजिक सेवातर्फ यस्तो योजना बनाउने गरेको बताउनुभयो ।

बैंकले बर्षभरीमा गरेको मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वको सेवातर्फ लगानी गर्नुपर्ने निती रहेको पौडेलले बताउनु भयो । कृषि बैंकको गढवा शाखाले यस बर्ष सो विद्यालयका १४० जना विद्यार्थीलाई १ लाख ५० हजार बराबरको डे्रस वितरण गर्ने र गढवाको माबि चैनपुरमा ३ लाखको लागतमा मञ्च निर्माणका लागि सहयोग गर्ने योजना बनाएको उहाँले गढवा शाखाका प्रबन्धक चौधरीले बताउनुभयो ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरी,प्रधानाध्यापक केशबराम यादव, शिक्षक अभिभावक संघका अध्यक्ष गिरिराज बस्नेत र पत्रकार शिबराज पन्थी लगायतले कृषि बैंकले गरेको सामाजिक उत्तरदायित्व प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । विद्यालयका लेखापाल पदम प्रसाद प्याकुरेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन जनज्योति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भानुनाथ योगिले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]