
Lnp
Ggp
Ggp
Rgp
Msbus
Ksbus
Ksbus
Sdc
Asbus

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् ।
बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात गरेका छन् ।
‘म एउटा काम लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर गएको थिएँ, त्यही बीचमा घटना भएको रहेछ’ अध्यक्ष महतोले भने, ‘घटना हुनुका कारण बुझ्न सकेको छइनँ ।’
जोशीले आफूहरुलाई गालीगलौज गर्दै हातपात गर्न खोजेपछि घटना भएको नाम नबताउने शर्तमा एक जना कर्मचारीले बताएका छन् ।गाउँपालिका अध्यक्ष महतोले घटनाको वास्तविकता बुझ्न नसेकेको र बुधबार यस बिषयमा छलफलको समय तोकिएको बताए ।अनलाइनखबर
