Sidha Patra बिहिबार, आषाढ १६, २०७९

दाङ । आज बेलुकी घोराहीमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाईते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारका अनुसार आज बेलुकी पौने ९ बजेतिर सौडियारबाट घोराही तर्फ जाँदै गरेको मोटरसाईकलले घोराही ७ बेसाही नजिक २ वटा साईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाईते भएका छन् ।

त्यस्तै ज्यान गुमाउनेमा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षीय गंगाबहादुर कवँर र साईकलमा सवार घोराही ७ का १६ वर्षीय रितेश केसी रहेका प्रहरीले पुष्टि गरेको छ । रा ३ प २२९२२ नम्बरको मोटरसाईकलको पछाडि सवार घोराही ७ का वर्ष ३७ का ३८ वर्षीय बसन्त चौधरी र साईकलयात्री सोही ठाउँका वर्ष १५ का विनोद भण्डारी उक्त दुर्घटनामा घाईते भएका छन् ।
गम्भीर घाईतेहरुको उद्धार गरी अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]