
Csb
jsb
Usb
Rks
Ksb
Ssb
Rsb
Ssb
Ksb
Tgp
Ppu
Ksb
Fmb
Nsb
Gsb
Bsn

Usb
Gsb
Ssb
Tsb
Hl1

Nps
ptl
Rgu
कपिलवस्तु । जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीको सभाहलमा वडा नं २,३,५,६ र ७ का जेष्ठ नागरिक सरोकार वालाहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिकाको आयोजनामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । जेष्ठ नागरिक को परिभाषा,जेष्ठ नागरिकको आवस्यकता,जेष्ठ नागरिक संग हुन सक्ने दुर्व्यवहार,जेष्ठ नागरिकका समस्याहरू,जेष्ठ नागरिकका समस्या समाधानका उपायहरू,जेष्ठ नागरिक लाई राज्यले दिएका सेवा सुबिधा हरू लगायत अन्य बिषयमा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले उपस्थित माझ प्रकाश पार्नुभयो ।
कार्यक्रममा ३० भन्दा बढी जेष्ठ नागरिक तथा सरोकार वाला हरूको सहभागिता रहेको उक्त कार्यक्रममा जेष्ठ नागरिकको समस्याका बारेमा उपस्थित माझ छलफल गराएको र उठेका सवालको सहजीकरण थुमा देवी उपाध्यायले गर्नुभयो ।
जेष्ठ नागरिक भवन निर्माण, धार्मिक एवम् ऐतिहासिक स्थलको भ्रमणको व्यवस्था,जेष्ठ नागरिक वडा स्तरीय समिति एवम् पालिका स्तरीय संजाल गठन,६० बर्षमा सबैलाई अनिवार्य सामाजिक सुरक्षा भत्ता दिनुपर्ने तथा समाजिक सुरक्षा भत्ताको रकम बृद्धि गर्नु पर्ने लगायत सुझाव उपस्थित जेष्ठ नागरिक बाट आएको थियो।
