
Ksb
Rks
jsb
Usb
Ksb
Ssb
Nsb
Ksb
Ssb
Csb
Ppu
Rsb
Bsn
Tgp
Gsb
Fmb

Usb
Gsb
Hl1
Tsb
Ssb

ptl
Nps
Rgu
दाङ । देउखुरीको राजपुर-बेला गाउँपालिका र गढवा गाउँपालिकाको सिमानामा पर्ने गुरुङ खोलामा विद्युतको पोल भाँचिदा राजपुर-बेलामा विद्युत अबरुद्ध भएको छ ।
गए राति २ बजेदेखि लगातार परेको वर्षातबाट आएको ठुलो बाढीले विद्युतको पोल भाँचिदिदा विद्युत अबरुद्ध हुनुका साथै इन्टरनेट सेवा समेत अबरुद्ध भएको छ ।
त्यस्तै उक्त ठाउँको आसपासमा रहेका खेतहरुमा किसानले धान रोप्नको लागि तयार राखेको बिउहरु सबै बगाएर क्षति पुराएको सुर्योद्वोय कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ऋषि घिमिरेले जानकारी दिनु भयो ।
यसैगरी घिमिरेका अनुसार उक्त स्थानमा समयमा स्थानीय सरकारले पहल गरेर दोहोरो तटबन्ध नगरेको हुँदा अहिले सो समस्या बेहोर्नुपरेको बताउनु भयो । तत्काल दुबइ गाउँपालिकाले समयमा उक्त स्थानमा तटबन्ध नगरे खोलाले धार फेरेर मटेरिया गाउँको ५० घरधुरी जोखिममा पर्ने घिमिरेले जानकारी दिनु भयो ।
त्यस्तै यता राजपुर-बेला गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले आज शनिबार भएको हुँदा सो समस्या समाधान हुन नसकेको र भोलि बिहानैदेखि विद्युत प्राधिकरणका कर्मचारीलाई बोलाएर उक्त समस्याको समाधान गरि राजपुर-बेलामा विद्युत र इन्टरनेटको सेवा सुचारु गर्ने बताउनु भएको छ ।
उक्त स्थान राजपुर-बेला गाउँपालिका र गढवा गाउँपालिकाको सिमाना पर्ने भएको हुँदा अझै सिमाको विवाद टुंगो नलागेकोले तत्काल सो समस्याको समाधान गर्नका लागि गढवा गाउँपालिका अध्यक्ष लगायत अन्य सरोकारवाला निकायसंग बसेर छलफलको माध्यमद्वारा सो समस्याको समाधान गरि दोहोरो तटबन्धको लागि पहल गर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो। त्यस्तै अहिले गाउँपालिकाको योजना तथा तर्जुमा चलिरहेको हुँदा तत्काल उक्त समस्याको विषयमा छलफल गर्न नसकिएको बुढाथोकीको भनाइ छ ।
