Sidha Patra शुक्रबार, आषाढ १०, २०७९

दाङ । दाङमा मानवअधिकार हनन्का घटना संख्यात्मक रुपले थोरै देखिएपनि उल्लेख्य सुधार हुन नसकेको पाईएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोना महामारीलगाएतका कारण मानव अधिकारका घटना बाहिर नआएको बताएका हुन् । २०२२ जनवरीदेखी हालसम्म मानवअधिकारका कुल ८१ वटा घटना भएको तथ्यांक सार्वजनिक गरिएको हो ।

मानव अधिकार सञ्जाल दाङका सदस्य चन्द्रराज पन्थको अध्यक्षता तथा जिल्ला समन्वय समित दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा ईन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले यस्तो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।

जसमा सबैभन्दा धेरै घरेलु हिंसाका ३२,बलात्कारका १९,हत्याका ५,बन्द÷हड्तालका ५,बलात्कार प्रयास, गैरकानुनी हिरासत र दुव्र्यवहारका ३÷३ वटा घटना भएका छन् ।

यस्तै वेवारिसे बमका २, यौन दुव्र्यवहार, जातिय भेदभाव, मानव वेचविखन, आत्महत्या दुरुत्साहन, हत्या प्रयास र अपहरणका एक÷एक वटा घटना गरी कुल ८१ वटा घटना भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]