
Ssb
Gsb
Ksb
Rsb
Bsn
Fmb
Usb
Ppu
jsb
Ksb
Ksb
Tgp
Rks
Nsb
Csb
Ssb

Ssb
Hl1
Tsb
Gsb
Usb

ptl
Rgu
Nps
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मंगलबार विद्यार्थीहरूलाई योग अभ्यास गराएका छन् ।
मानवताका लागि योग भन्ने नाराका साथ मंगलबार परेको विश्व योग दिवसका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालयमा अध्ययरत कक्षा १० का विद्यार्थीहरूलाई विभिन्न आसनको माध्यमबाट योग अभ्यास गराएका हुन् ।
विद्यालय अनुगमनका गएका अध्यक्ष विष्टले पढाइ सँगै विद्यार्थीहरूका लागि योग अभ्यास अत्यन्त जरूरी रहेको बताएका थिए । मानव स्वास्थ्य भएका मात्र पढाइ वा अन्य काम गर्न सक्षम हुने भएकाले विद्यालयले पनि योग अभ्यासको थालनी गराउनु पर्ने सुझाव दिएका थिए ।
पढाइ सँगै योग अभ्यास र ज्ञानज्ञुनका कुरा सिक्न पाएकोमा विद्यार्थीहरू समेत खुसी भएका थिए । स्वास्थ्यका लागि योग अभ्यास सिक्न पाएको भन्दै विद्यार्थीहरूले अध्यक्ष विष्टलाई धन्यवाद समेत दिएका थिए ।
योग अभ्यास कार्यक्रममा शिक्षा, स्वास्थ्य युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, लेखा अधिकृत धनप्रसाद शर्मा,शंकर मावि पिपरीका प्रधानाध्यापक सुवर्णमान चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, दंगाली अनलाइन खवरका सञ्चालक भुवन पाैडेल लगायतको सहभागीता रहेको थियोे ।

