
lnp
Lnp
Dus
Asb
Lks
Rgp
Ggp
Ggp
Rgp
Dbs
Rgp
Pbu
ksb
Jns
Sgp
Usb
Rgp


दाङ । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा निवासी अन्दाजी ४०/४५ वर्षका मोहन चौधरीको मृत्यु भएको हो ।
शुत्रबार (आज) साढे ६ बजेको समय घर नजिक मोटर लगाएर धानखेतमा सिचाइ गर्ने बेलामा घरबाट जोडेको करेन्ट लागेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै गम्भीर घाइते चौधरीलाई उपचारका लागि लमही अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । शवलाई पोष्ट मार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ ।
