
Rks
Usb
jsb
Ksb
Ksb
Nsb
Ppu
Ssb
Rsb
Ksb
Tgp
Fmb
Bsn
Gsb
Csb
Ssb

Ssb
Hl1
Usb
Gsb
Tsb

Rgu
ptl
Nps
रोल्पा । माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर -५ दाउन्ने भिर स्थित भित्री सडक खन्ने क्रममा रोकिराखेको एक्साभेटरमा खेलिरहेका दुई बालकको माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
परिवर्तन गाउँपालिका वडा नम्बर -५ दाउन्नेभिर निवासी प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
आइतबार आज बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को खस्दा बाटोमा खेल्दै गरेका एकै घरका दुई दाजुभाइको मृत्यु भएको प्रहरी जनाएको छ ।
