
Gsb
Tgp
Ksb
Fmb
Ksb
Usb
Bsn
Csb
Ssb
Ppu
Ssb
Rsb
Rks
Ksb
Nsb
jsb

Usb
Hl1
Gsb
Tsb
Ssb

Rgu
Nps
ptl
बाँके । नेपालगन्ज, इस्लाम धर्मका विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको भन्दै नेपालगन्जमा आज बिरोध प्रर्दशन गरिएको छ ।
नेपालगन्जका राजेश जालानले इस्लाम धर्म विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ती दिएपछि त्यसका विरुद्धमा मुस्लिम समुदायले प्रदर्शन गर्दै प्रशासनलाई कडा कारवाही गरियोस् भन्देैँ आज बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथी प्रश्न खडा गरी भारतमा भईरहेको विवादलाई नेपालमा समेत गराउने उदेश्यले सामाजिक सञ्जालमा स्टाटस लेखेकोले भन्दैँ उनिमाथी कारवाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हुन् ।
उक्त ज्ञापनपत्रमा जालानलाई अविलम्ब पक्राउ गरी कारवाही गर्नुपर्ने, बाँकेमा हिंसा र घृणाको चक्र सिर्जना हुन नदिन सदभाव समितिको बैठक बसेर समाधानको विकल्प तयार पारिनु पर्ने लगायतका माग राखिएको छ ।
त्यस्तै सो ज्ञापनपत्र बुझ्दै बाँकेका सिडिओ सूर्यबहादुर खत्रीले सद्भाव कायम गर्ने सवालमा आफुहरु गम्भीर रहेकाले घटनाबारे बुझेर निकास निकालिने र धार्मिक सदभाव बिग्रने प्रवृत्ति बोकेका पात्रहरुलाइ तुरुन्त कानूनी दायारामा ल्याएर कार्वाही गरिने बताए ।
यस्तै केही महिना अगाडी भारतको उत्तर प्रदेश बिजेपी पार्टीकी प्रवक्ता निपुर शर्मा नामकी महिला नेतृले मुस्लिम समुदायको धर्म आस्थाको धरोहर माथी खलल पुर्याउने अभिव्यक्ती दिएको कारण देशबिदेशका मुस्लिम समुदायले चौतर्फी बिरोध प्रदर्शन गरिरहेका छन ।
