
Jsbus
Csbus
Nssbus7
Pbu
gms
Ddhbs
dsbus
Gsbus
Gsl
Ssbus
Bksbus5
Amb
Rbs
Ratbs

Sbs
Sls
Ssm
Ggd
Asm
Rgs
Vor
Bbu
Wsp
Pvg
Hal
Ksm
Tsm
Bbbpu
Rgu
nsb
Rgu
Rsb
Gst

sab
Rmb
Jmb
Syp
Gsb
Rpp
Abd
Bml
Mks
bbt
Jmb
Ptm
Pls
दाङ । चालू आर्थिक वर्ष २०७९/०८० को लागि योजना निर्माणका लागि लमही नगरपालिकाले सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीवार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले विभिन्न व्यक्ति,सामाजिक संघ संस्थाहरुबाट प्रतिनिधित्व गरेर आएका व्यक्तिहरुबाट आएका मुख्य कुराहरुलाई सुझावका रुपमा लिएको नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए । ती कुरालाई ध्यानमा राखेर नगरपालिका अगाडी बढ्ने नगरप्रमुख चौधरीको भनाई छ ।
लमही नगरपालिका स्तरमा संचालन गरिने योजना तर्जुमाका लागि सुझाव संकलन उपलब्धीमूलक बनेको र विभिन्न वडाहरुसंगै सरोकारवालाहरु पक्षबाट आएका सुझावलाई समेट्दै आगामी आर्थिक वर्षको बजेट कार्यक्रम तय गरिने नगरउप प्रमुख लक्ष्मी योगीको भनाई छ । उनले उत्पादन तथा स्वरोजगारमुखी बजेट तर्जुमा गर्न आफू लागि परेको भन्दै विकास निर्माणसंगै कृषि उत्पादन र स्वरोजगार सिर्जना गर्ने खालका गतिविधिलाई प्राथमिकतामा राखेको लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले बताईन ।
कृषि,पर्यटन,पशुपालन,खानेपानी,मोटर बाटो र रोजगारी उत्पादनका क्षेत्रमा लमही नगरपालिकाले लगानी गर्नुपर्ने सुझाव प्राप्त भएको लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए । यस्तै उनले उल्लेखित क्षेत्रमा प्रभावकारी योजना र लगानी बढाउन सुझाव आएको बताए । कार्यक्रममा सुझाव राख्दै स्थानीय बेधनिधि धितालले अपाङ्गता भएका व्यक्तीहरुको बालबालिकाहरुलाई सहयोग पुग्ने कार्यक्रममा ध्यान दिनुपर्ने बताए ।
लमही आँखा अस्पतालका प्रशासकी अधिकृत सम्शेर थापाले लमही नगरपालिका र लमही आँखा अस्पतालले संयुक्त रुपमा उज्यालो अभियान कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा स्थानीय घनश्याम सुबेदीले समग्र नगरका किसानहरुलाई प्रमुख रुपमा राख्न सुझाव दिदैँ, करका दायरा घटाउन समेत आग्रह गरे । यस्तै स्थानीय शसिराम नेपालीले प्रत्येक्ष जनतासंग जोडिने कार्यक्रमलाई प्राथमितामा राखेर अगाडि बढ्न सुझाव दिए । उनले अवको नीति तथा कार्यक्रमबाट नगरबासीले जनप्रतिनिधिको अनुभूती गर्न सकुन् भन्ने विषयमा सुझाव दिए ।
यस्तै निमबहादुर थापाले समायानुकूल शिक्षा पद्धतिलाई विकास गर्नका लागि जोड दिनुपर्ने बताए । स्थानीय रविलाल आचार्यले निर्माणाधीन अवस्थामा रहेका योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेलले उत्पादन गर्ने किसान भोकै बस्नु पर्ने बाध्यता रहेको छ, यस विषयमा पालिकाले यसमा तत्कालै ध्यान देओस् भन्ने सुझाव दिए । ताराप्रसाद खनाल, बसन्त आचार्य, पत्रकार लिला शाह, अनुसन्धानकर्ता उदय आले लगायतले सुझाव दिएका थिए ।
स्थानीय राजनितिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक, निजी क्षेत्र, संघसंस्था तथा सहकारी लगायतको सहभागितामा सुझाव संकलन गरिएको थियो । कार्यक्रमको सहजीकरण लमही नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापना शाखा प्रमुख गायत्री थापाले गरेकि थिईन ।
