बर्दिया । मधुवन नगरपालिका २ ओराली बजारमा वन्यजन्तु पीडितमाथि भएको गोलीकाण्डको विषयमा छानबिन गर्न इलाका प्रहरी कार्यालय, राजापुरका डीएसपी सूर्य सुवेदी जिल्ला तानिएका छन् ।
त्यस्तै उनको नेतृत्वमा ओराली बजारमा प्रहरी तैनाथ गरिएको थियो । चौतर्फी दबाबपछि डीएसपी सुवेदीलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्रबहादुर शाहीले डीएसपी सुवेदीलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय झिकाएको बताए ।
यस्तै गृह मन्त्रालयबाट गठन भएको छानबिन टोली बुधबार बर्दिया आउने एसपी शाहीले बताए । ईलाका प्रहरी कार्यालय,राजापुरमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रबक्ता डीएसपी प्रकाश सापकोटालाई जिम्मेवारी दिएर खटाइएको छ ।