
Ppu
Ksb
Csb
Rks
Rsb
jsb
Ksb
Tgp
Gsb
Bsn
Usb
Ssb
Ksb
Fmb
Ssb
Nsb

Tsb
Hl1
Ssb
Gsb
Usb

Nps
ptl
Rgu
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मोतिपुरका धनपती यादव उमेरले जम्मा ४४ वर्ष पुगेका छन् । तर उनी साढे ३ वर्षदेखि यता कलिलो उमेरमै स्तन क्यान्सरको पिडा झेलिरहेका छन् ।
यादवको स्तनमा साढे तीन वर्ष अघि सानो घाउ भएको थियो । सो घाउ बिस्तारै ठुलो भएपछि,उनी अस्पतालमा जाँच गराउन गएका थिए । अस्पतालमा जाँच गराएपछि उनलाई स्तनमा क्यान्सर भएको डाक्टरले बतायो ।
त्यसपछि यादवलाई उपचार गराउन उनको श्रीमान रामचन्द्र यादवले बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा लगेर गए । अस्पताल मा लगेपछि यादवको पहिलो अप्रेसन भयो । उनी केही दिनपछि औषधि बोकेर घर फर्किए ।
डाक्टरको सुझाव अनुसार यादवले औषधि खादै गए । केही दिन सन्चो पनि भयो । तर फेरि उनको अप्रेसन गरेर सन्चो भएको घाउ उल्झियो ।
यादवका श्रीमानका अनुसार पहिलो चोटि अप्रेसन गराउदा धेरै खर्च भएको हुँदा सम्बन्धित निकाय वडा पालिका र गाउँपालिकालाई सहयोग गर्न अपिल गरे । तर वडाको सिफारिसमा राजपुर गाउँपालिकाले जम्मा १ लाख बराबरको औषधि उपचार खर्च छुट गरि दिन भनि अस्पताललाई एक सिफारिस उपलब्ध गरायो ।
घरमा स-साना बालबच्चा छन् । उनिलाई पढाउनु पर्छ,म घरमा श्रीमतीलाई छोडेर कमाउन जान सक्दैन,साह्रै समस्या छ । कसरी श्रीमतीको उपचार गर्ने होला अहिलेसम्म उपचार गर्दा धेरै खर्च भएको छ । प्रत्येक महिना अस्पताल जाने समय ऋण काढेर जानू पर्छ रामचन्द्रले दुखेसो पोखे ।
फेरिपनि डाक्टरले अप्रेसन गर्ने भनेको छ । अब दोस्रो अप्रेसनको लागि कहाँबाट रकम जुटाउने चिन्ता लागेको छ रामचन्द्रले भने । अप्रेसनको लागि खर्च जुटाउन नसकेपछि, हामीले मिडियालाई गुहारेका हौं, कृपया सबै नेपाली कहाँ यो सन्देश पुराइ दिनुस् रामचन्द्रले आग्रह गरे ।
यसैगरी रामचन्द्रका अनुसार धनपतीलाई प्रत्येक महिनाको २१ दिन भित्र अस्पताल लैजानु पर्छ र एकपटक जादा न्युनतम ५०/६० हजार खर्च हुने गरेको रामचन्द्रले बताए । उता वडा पालिका र गाउँपालिकाले एकपटक सिफारिस दिएपछि,झारा तारे झै अर्को पटक फर्केर नहेरेको रामचन्द्र यादवले गुनासो गरे ।
त्यस्तै यता राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादवले आफ्नो वडाबाट आफुले धनपतीको उपचारको लागि सहयोग खर्च उपलब्ध गराउन भनि गाउँपालिकालाई सिफारिस गरेको बताए ।
यस्तै धनपती यादवका छोरा शन्तवचन यादवले आफ्नो आमालाई उपचार गर्नमा सहयोग गरि दिन सम्पूर्ण देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ, दिदीबहिनीलाई अनुरोध गरेका छन् ।
अहिले उपचार गर्नमा सहयोग पुगोस् भनि साईन रेसुङ्गा डेभलपमेन्ट बैंकमा खाता खोलिएको छ । यदि कुनैपनि ब्यक्तिले सहयोग गर्न चाहेमा बैंक खाता नम्बर ०६८००७००५१८३८६०००००१ मा जम्म गर्न सकिने शन्तवचनले बताए । त्यस्तै शन्तवचनलाई सिधै ९८०९८४०५७० को मोबाइल नम्बरमा सम्पर्क गर्नको सकिने छ ।
