
Usb
Tgp
Ppu
Csb
Ssb
Ksb
Rks
Ksb
Ssb
Nsb
Fmb
Ksb
Bsn
Gsb
jsb
Rsb

Usb
Hl1
Ssb
Gsb
Tsb

ptl
Rgu
Nps
दाङ । दाङ महिला जेसीजले विश्व वातावरण दिवसको सन्दर्भ पारेर आज वृक्षारोपण कार्यक्रम गरेको छ । नेपाल जेसीजले थालेको ‘एक विरुवा–मेरो आफ्नो दायित्व’ भन्ने अभियानलाई आत्मसात गर्दै दाङ महिला जेसीजले घोराही १२ स्थित हापुर मावि निघुवारमा वृक्षारोपण कार्यक्रम गरेको छ ।
दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा वडा नम्बर १२ का वडा अध्यक्ष द्रोर्ण बहकरीको प्रमुख आतिथ्य एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजबहादुर परियारको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी विद्यालय पसिरमा कपुर, पारिजातलगायतका विरुवा रोपिएको कार्यक्रम संयोजक एवं जेसीज उपाध्यक्ष लक्ष्मी घमालले जानकारी दिनुभयो ।
सो अवसरमा प्रमुख अतिथि बहकरीले पृथ्वी जोगाउन वातावरण संरक्षण गर्नु निकै आवश्यक भएकाले जेसीजले थालेको अभियान सफल बनाउन सबैले साथ सहयाग गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सेवामा क्रियाशील संस्थाका रुपमा परिचित जेसीजको अभियानलाई आफुले सदैव सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले ‘एक विरुवा–मेरो आफ्नो दायित्व’ अभियान थालनी गरेको भन्दै जेसीजको प्रशंसा गरेका थिए ।
कार्यक्रममा त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ता, हापुर मावि निघुवारका निमित्त प्रधानाध्यापक थानेश्वर अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष मीना भण्डारी वलीले आस्था पाठ गराउनुभएको कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन शाखाका जनसम्पर्क अधिकारी जुनकुमारी बुढाले गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो ।
