
Ssb
Ksb
Bsn
Ppu
Usb
Gsb
Ksb
Rks
Ssb
Ksb
Csb
Nsb
Tgp
Fmb
Rsb
jsb

Gsb
Ssb
Usb
Tsb
Hl1

Rgu
ptl
Nps
काठमाडौं । कबड्डी-४ की अभिनेत्री मिरुना मगरमाथि भएको भनिएको अभद्र व्यवहारको घटनामा मंगलबार दुई पक्षबीच माफि समझदारीमै मिलापत्र भएको छ।
अभिनेत्री मगर र आरोपित युवा मुगुका फुर्पा तामाङ पक्षबीच प्रहरी मार्फत भएको छलफलबाट आरोपित तामाङले आफुले गल्ती स्वीकार गर्दै अभिनेत्री मगर समक्ष माफी मागेका माग्ने र अभिनेत्री मगरले भाइ सम्झेर माफी दिने गरि दुवै पक्षबाट साक्षी सहित लिखित कागजगर्दै मिलापत्र गरेका हुन। आइतबार कबड्डी-४ फिल्म प्रमोशनको लागि अभिनेत्री मगर लगायतको टोली सिभिल मल पुगेका बेला फोटो खिचाउने क्रममा तामाङले जानाजन आफ्नाे पिठ्युँमा हात लगाएकाे भन्दै अभिनेत्री मगरले झापड हानेर तामाङलाई कारबाही गर्न भन्दै प्रहरीलाई बुझाएकि थिइन।
त्यस्तै आइतबारदेखि प्रहरी नियन्त्रणमा रहेका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि ३ हजार धरौटीमा मंगलबार बिहान रिहा भएपछि दिउँसो दुवै पक्षले छलफल गरि मिलापत्र गरेका हुन।
