
Jns
Rgp
Ggp
Sgp
Rgp
lnp


दाङ । दाङमा गोली लागेर एकजनाको घटना स्थलमै मृत्यु भएको छ ।
जिल्लाको बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जँगलमा सिकार खेल्न गएका मध्य एकजनाको गोली लागेर शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ ।
गोली लागेर लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी बर्ष २३ का कालुराम घर्ती मगरको मृत्यु भएको हो । शबलाई लमही अस्पतालमा राखिएको छ । उनको घाँटीमा गोली लागेको छ ।
घटनामा सँलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा राखेको छ । वर्ष २८ का निम बहादुर घर्ती मगर, ४० का जिवलाल घर्ती मगर, २४ का दिल बहादुर घर्ती मगर, १७ का आकाश घर्ती मगर, १३ का विशाल घर्ती मगर, ५५ का ओम बहादुर घर्ती मगर, ३८ का खगेन्द्र घर्ती मगर र बर्ष ४० का बुद्दीमान घर्ती मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक सन्दिप बेलबासेले जानकारी दिए । उनिहरु सबै लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी हुन । उनिहरुलाई अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखिएको छ ।
घटना सम्बन्धी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
