दाङ । देउखुरीको लमहीमा सरकारले जनताको ढाड सेक्ने गरि बढाएको चरको महँगी विरुद्धमा दुई युवाले अनशन बस्न थालनी गरेका छन् ।
शुक्रबार बिहान एघार बजेदेखि दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा नेपाल सरकारले अनावश्यक जनताको ढाड सेक्ने गरि पेट्रोल,डिजेल र ग्यासको मुल्य वृद्धि गरेको भन्दै सामाजिक अभियानता लमही-५ का ३९ वर्षीय दिल्ली राज खनाल र वडा नम्बर ४ का ३६ वर्षीय बाबू रोका मगरले संयुक्त रुपमा अनशन थालनी गरेका हुन् ।
उनिहरुको अनशन जबसम्म नेपाल सरकारले तत्काल बर्तमन समयमा बढाएको पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर्दैन तबसम्म निरन्तर अनशन जारी राख्ने खनाल र रोकाले बताएका छन् । यस्तै उनिहरुले यो अनशनको अभियानलाई सफल बनाउनको लागि संचार कर्मी,सुरक्षा कर्मी विभिन्न सामाजिक अभियानता र सरोकारवाला निकायलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।