
Nsb
Gsb
Ssb
Rsb
jsb
Bsn
Tgp
Ksb
Csb
Fmb
Rks
Usb
Ppu
Ksb
Ssb
Ksb

Hl1
Ssb
Tsb
Gsb
Usb

Rgu
ptl
Nps
काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आउँदो वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
उनले भने, ‘सम्माननीय राष्ट्रपतिबाट संवत् २०७९ जेठ १० गते मङ्गलवारका दिन सङ्घीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९र०८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु ।’ राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्नेछ ।
