अजय मिश्र/कपिलवस्तु बुधबार, जेठ ११, २०७९

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत आज लौहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले एक कार्यक्रम का बिच उद्घाटन गरेका छन् ।

कार्यक्रमको अध्यक्षता स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति संयोजक जाकिर हुसेन,प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह,विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका वडा नं ८ वडाध्यक्ष नूर मोहम्मद खा, वडा सदस्य सुनिल चौधरी, कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत सत्यराम हरिजन, कृषि ज्ञान केन्द्रका रबिन्द्र नाथ चौबे, अतिथिमा कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख सुदिप कुमार मौर्य, कृषि अफिसर प्रविना अचार्य लगायत अन्य रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले उपस्थित सम्पूर्णमा धन्यवाद दिदै स्मार्ट कृषि गाँउ नगरपालिका भित्र रहनु आफैमा सराहनीय रहेको, उक्त गाँउ मा कृषि आधुनिकीकरण अनुसार बालीको उब्जनी बढेको बताउदै नगरपालिका बाट कृषि क्षेत्रको विकासमा हुन सक्ने हरेक सम्भव प्रयास गरिने बताए ।

कार्यक्रममा सिचाई स्मार्ट कार्यक्रम,जलवायु स्मार्ट कार्यक्रम,हाइब्रिड जातको धान बिउ खरिद,खाद्य पोषण स्मार्ट कार्यक्रम,प्रविधि स्मार्ट,बजार स्मार्ट लगायतको बिषय यस लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति अन्तर्गत राखिएको उपस्थित माझ जानकारी गराइएको थियो । कार्यक्रममा वक्ता हरूले आधुनिक प्रविधि, हाइब्रिड बिउ, उचित मलको प्रयोग लगायतले बालीनालीको उब्जनी बढेको कुरामा जोड दिएका थिए ।

त्यस्तै कार्यक्रम संचालन कृषि ज्ञान केन्द्र तौलिहवाका योजना अधिकृत शिव पूजन गुप्ताले गरेका थिए । उपस्थित सबैमा धन्यवाद दिदै कार्यक्रमका अध्यक्ष जाकिर हुसेनले कार्यक्रम समापनको घोषणा गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]