
Csb
Ppu
Nsb
Fmb
Ssb
Rsb
Ssb
Usb
Tgp
Ksb
jsb
Bsn
Ksb
Ksb
Gsb
Rks

Hl1
Ssb
Tsb
Usb
Gsb

Rgu
ptl
Nps
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट सुरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा आउनु भएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले सडक दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन ।
ट्राफिक न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरु निरंतरता ट्राफिक नियमको कडाई गर्ने बताएका छन । ‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’ ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले ‘सचेतनामुलक कार्यक्रम गर्दा पनि अटेर गर्ने हरुलाई कारवाही गछौं । ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताए । ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोरसँगै दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने बताए ।
त्यसैगरी दाङ जिल्लाको मुख्य बजार क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको बताए । दाङका जिल्लाका मुख्य बजारका सडकहरुमा ट्राफिक संकेत राख्ने विषयमा नगरपालिकासँग छलफल गरेर । सडकमा पछि राख्ने र निर्माण भैसकेको सडकमा ट्राफिक संकेत राखौ भन्ने कुरा राखेको बताए ।
मोडिफाई सवारी साधन र साइलेन्जर पड्काउने लाई विशेष निगरानीको साथमा कार्वाही गर्ने र सहरी क्षेत्रका सडकमा ट्राफिक संकेत राख्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले बताए ।
