
Pbu
Lsbus
Nssbus7
Ksbus
dsbus
Ssbus
Gsbus
Bksbus5
Ssbus
Rsbus
Jsbus
Gsl
Bsbus
Ksbus
bpmhl
Ssbus
Csbus
Ksbus
gms

Tsm
Sbs
Rgu
Bbbpu
Pvg
Bbu
Gst
Vor
Wsp
Rgs
Hal
Ksm
Asm
nsb
Sls
Ggd
Rgu
Ssm
Rsb

sab
Ptm
Syp
Jmb
Pls
Rmb
bbt
Abd
Jmb
Rpp
Gsb
Mks
Bml
दाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिब पुष्पलाल श्रेष्ठ र किसान आन्दोलनका शहिद गुम्रा थारुको संझना गरेको छ । नेकपाले घोराही १५ स्थित गुम्रा चोकमा रहेको गुम्रा थारुको शालिकमा माल्याणपन समेत गरेको छ । त्यसैगरी,पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नेकपाका संस्थापक सचिब श्रेष्ठ र किसान आन्दोलनका सहिद थारुको तस्विरमा टीका र माल्याणपन गर्दै सम्झना गरिएको हो ।नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सुजिता शाक्यले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनुको कुनै विकल्प नभएको बताउनुभयो ।
पार्टीका संस्थापक तथा विभिन्न कालखण्डमा पार्टीलाई बचाउन जीवन त्याग्ने नेताहरुको सम्मान गर्दै एक ढिक्का हुनुको विकल्प नभएको उल्लेख गर्नुभयो । फुटेर नभई जुटेर पार्टी बलियो बन्ने भन्दै उहाँले पार्टी विभाजनको कल्पना समेत गर्न नसकिने बताउनुभयो । त्यसैगरी,अर्का केन्द्रिय सदस्य नरुलाल चौधरी, प्रदेश कार्यालय सदस्य मेनका पोख्रेल, प्रदेश सचिवालय सदस्य लक्षण आचार्य र थारुकल्याणकारिणी सभाका केवि चौधरीले पार्टीलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । विभिन्न सयममा शहिद बनेका नेताहरुकै योगदानले पार्टी अहिले बृहत बनेको भन्दै उहाँहरुले कम्युनिष्ट पार्टीलाई जनताले दिएको अबसरलाई गुम्न दिन नहुनेमा जोड दिनुभएको हो । कार्यक्रमको सहजिकरण नेकपाका सचिब सुबास पुनले गर्नुभएको थियो ।
