
Sys
Gsbus
Rus
smb
Ssbus
jmb
Ppu
Asm
Ddh
Bpb
sks
Rg-9
gms
jms

Ln9
Hl1
Sbs
Usb
bml
Gg1
Ln2
Ln8
bmj
Ln3
Asm
Ln7
Ln1
Tsb
Ssb
Rys
Dps
kbs
Gg5
cks

Gg4
Jab
Sbs
Gg2
Sml
Ksb
Bpb
Nps
Gjl
Gg3
Jpb
Sab
Rss
ptl
Rgu
Gg6
Snk
दाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिब पुष्पलाल श्रेष्ठ र किसान आन्दोलनका शहिद गुम्रा थारुको संझना गरेको छ । नेकपाले घोराही १५ स्थित गुम्रा चोकमा रहेको गुम्रा थारुको शालिकमा माल्याणपन समेत गरेको छ । त्यसैगरी,पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नेकपाका संस्थापक सचिब श्रेष्ठ र किसान आन्दोलनका सहिद थारुको तस्विरमा टीका र माल्याणपन गर्दै सम्झना गरिएको हो ।नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सुजिता शाक्यले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनुको कुनै विकल्प नभएको बताउनुभयो ।
पार्टीका संस्थापक तथा विभिन्न कालखण्डमा पार्टीलाई बचाउन जीवन त्याग्ने नेताहरुको सम्मान गर्दै एक ढिक्का हुनुको विकल्प नभएको उल्लेख गर्नुभयो । फुटेर नभई जुटेर पार्टी बलियो बन्ने भन्दै उहाँले पार्टी विभाजनको कल्पना समेत गर्न नसकिने बताउनुभयो । त्यसैगरी,अर्का केन्द्रिय सदस्य नरुलाल चौधरी, प्रदेश कार्यालय सदस्य मेनका पोख्रेल, प्रदेश सचिवालय सदस्य लक्षण आचार्य र थारुकल्याणकारिणी सभाका केवि चौधरीले पार्टीलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । विभिन्न सयममा शहिद बनेका नेताहरुकै योगदानले पार्टी अहिले बृहत बनेको भन्दै उहाँहरुले कम्युनिष्ट पार्टीलाई जनताले दिएको अबसरलाई गुम्न दिन नहुनेमा जोड दिनुभएको हो । कार्यक्रमको सहजिकरण नेकपाका सचिब सुबास पुनले गर्नुभएको थियो ।
