Sidha Patra सोमबार, जेठ ०२, २०७९

काठमाडौं । बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका छन् ।

उनी बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी भ्रमण हो ।

मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर आइतबार नै लुम्बिनी पुगिसकेका छन् । मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार भारत फर्किने भ्रमणतालिका रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा तथा प्रतिनिधिमण्डलस्तर दिपक्षीय भेटवार्ता र बुद्ध बिहारको शिलान्यास गर्ने लगायतका कार्यक्रमहरू तय भएका छन् ।

मोदी १० बजेर ४० मिनेटमा लुम्बिनी क्षेत्रमा अवतरण गर्ने भनिएको छ । मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्का, परराष्ट्रसचिव भरतराज पौड्याललगायत उच्च अधिकारीले लुम्बिनीमा स्वागत गर्नेछन् ।

त्यसपछि पछि ११ बजे उनी मायादेवी मन्दिर पुग्ने र देउवाले उनलाई त्यहाँ पुनः स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

दुवै देशका प्रधानमन्त्रीले सँगै मायादेवी मन्दिरमा पुजाआजा गरेपछि भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) द्वारा निर्माण हुने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम छ । आईबीसीले निर्माण गर्ने उक्त बौद्ध बिहार एक अर्ब ६० करोड भारतीय सहयोगमा निर्माण हुन लागेको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिएका छन् ।

त्यसपछि मोदीको सवा १२ बजे विश्रामका लागि पवन होटलमा केही बरेका लागि रहने छन् । त्यहाँ परराष्ट्र मन्त्री नारायण खड्काले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच सोही होटलमा द्विपक्षीय भेटवार्ता हुनेछ भने पौने १ बजेबाट प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । नेपाल र भारतका प्रधानमन्त्रीबीच आपसी एजेन्डाहरूमा छलफल तथा केही सम्झौतापत्रमा हस्ताक्षरको तयारी भएको छ ।

त्यसपछि मोदी प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । भोजपछि मोदीले केही घण्टा विशिष्ट तहका व्यक्तिहरूसँग भेटघाट तथा छलफल गर्नेछन् भने त्यहीँ पत्रकार सम्मेलनको गर्नेछन् ।

त्यसपछि ३ बजेदेखि लुम्बिनीमा नवनिर्मित ५ हजार जना क्षमताको सभाहलमा आयोजित २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा भाग लिने छन् । उनले बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यसपछि मोदी आजै इन्डियन एयर फोर्सको विमानमा ५ बजे भारतको कुशीनगर फर्किने कार्यक्रम रहेको छ ।

मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतीय र नेपाली सुरक्षाकर्मीले लुम्बिनीमा संयुक्त गस्ती गरिरहेका छन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]