
Ksm
Gisld
Rbs
Sds
mbd
Mbdvs
Anm
Pbu
Gmk

Bbbpu
Rsb
Wsp
Asm
Rgs
nsb
Rgu
Bbu
Tsm
Hal
Pvg
Rgu
Ggd
Ssm
Gst
Ksm
Vor
Sbs
Sls

Syp
Rpp
bbt
Gsb
Ptm
Rmb
sab
Abd
Jmb
Mks
Pls
Bml
Jmb
काठमाडौं । बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका छन् ।
उनी बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी भ्रमण हो ।
मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर आइतबार नै लुम्बिनी पुगिसकेका छन् । मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार भारत फर्किने भ्रमणतालिका रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा तथा प्रतिनिधिमण्डलस्तर दिपक्षीय भेटवार्ता र बुद्ध बिहारको शिलान्यास गर्ने लगायतका कार्यक्रमहरू तय भएका छन् ।
मोदी १० बजेर ४० मिनेटमा लुम्बिनी क्षेत्रमा अवतरण गर्ने भनिएको छ । मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्का, परराष्ट्रसचिव भरतराज पौड्याललगायत उच्च अधिकारीले लुम्बिनीमा स्वागत गर्नेछन् ।
त्यसपछि पछि ११ बजे उनी मायादेवी मन्दिर पुग्ने र देउवाले उनलाई त्यहाँ पुनः स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
दुवै देशका प्रधानमन्त्रीले सँगै मायादेवी मन्दिरमा पुजाआजा गरेपछि भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) द्वारा निर्माण हुने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम छ । आईबीसीले निर्माण गर्ने उक्त बौद्ध बिहार एक अर्ब ६० करोड भारतीय सहयोगमा निर्माण हुन लागेको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिएका छन् ।
त्यसपछि मोदीको सवा १२ बजे विश्रामका लागि पवन होटलमा केही बरेका लागि रहने छन् । त्यहाँ परराष्ट्र मन्त्री नारायण खड्काले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच सोही होटलमा द्विपक्षीय भेटवार्ता हुनेछ भने पौने १ बजेबाट प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । नेपाल र भारतका प्रधानमन्त्रीबीच आपसी एजेन्डाहरूमा छलफल तथा केही सम्झौतापत्रमा हस्ताक्षरको तयारी भएको छ ।
त्यसपछि मोदी प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । भोजपछि मोदीले केही घण्टा विशिष्ट तहका व्यक्तिहरूसँग भेटघाट तथा छलफल गर्नेछन् भने त्यहीँ पत्रकार सम्मेलनको गर्नेछन् ।
त्यसपछि ३ बजेदेखि लुम्बिनीमा नवनिर्मित ५ हजार जना क्षमताको सभाहलमा आयोजित २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा भाग लिने छन् । उनले बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
त्यसपछि मोदी आजै इन्डियन एयर फोर्सको विमानमा ५ बजे भारतको कुशीनगर फर्किने कार्यक्रम रहेको छ ।
मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतीय र नेपाली सुरक्षाकर्मीले लुम्बिनीमा संयुक्त गस्ती गरिरहेका छन् ।अनलाइनखबर
