रोल्पा । रोल्पाको थबाङ गाउँपालिकाको वडाहरुमा शुक्रबार स्थानीय तहको चुनाब शान्ति पुर्ण वातावरणमा सन्पन्न भएको छ ।
थबाङ गाउँपालिकाको केही वडाहरुमा भय वातावरण दर, त्रास देखाउने भएता पनि चुनाबी माहोल त्यति जटिल नभएको पाइएको छ ।
थबाङमा बुढा,युवा र अपाङ्गहरुको मतदान रहेको थियो । थबाङ १ नम्बर वडा कि १ सय वर्ष पुगेकी सहिद तेजमान घर्ती मगरको आमा पुनि घर्तेनी , अपाङ्ग ५५ वर्षे कर्म रोका लगायतले मतदान गरेका छन् । सय वर्ष कि घर्ती मगरले छोरा छोरी गुमायौ कसैले हेरेन अब बाचुनजेलसम्म केही शहिदहरुको सपना पूरा होस भनेर भोट हाल्न आएको बताउनु भएको छ ।
रोल्पाको थबाङ गाउँपालिकाको केन्द्र बिन्दु रहेको वडाहरुमा भने कुनै समस्य नआएको थबाङी जनता बताउ छन । जो जुन निकट भएतापनि देखाउती झड्प नभएको पाइएको छ । चुनाबी केन्द्रहरु १ नम्बर वडाको बिबाङमा कुल मतदात सङ्ख्या १३२३ मा मत खसेको ७८१ रहेको छ भने २ नम्बर वडाको थुलो गाउँको हेल्थ पोस्टमा रहेको केन्द्रमा कुल मतदाता सङ्ख्या १५८६ रहेकोमा खसेको मत ९१२ छ ३ नम्बर वडा को कुल मतदाता सङ्ख्या१७२४ र खसेको मत ९८६रहेको छ ।
त्यस्तै ४ नम्बर वडा कुल मतदाता सङ्ख्या ११९५ र खसेको मत ७१० रहेको छ भने ५ नम्बर वडाको कुल मतदाता सङ्ख्या १३४४ रहेको भने खसेको मत ७४९ रहेको छ भने जम्मा जम्मी थबाङ गाउँ पालिकामा खसेको मत ४१३७ रहेको छ । चुनाबी मैदानमा हार जित हुने कुरो कुनै नौलो होइन तर काम र राम्रो मान्छे चुन्ने जन्ताको चाहाना रहेको छ ।थबाङ गाउँपालिकाका ५ वडा हरुबाट मत पेटीका थबाङको जकेबाङमा सङ्कल्न पछि मात्र मत गणना हुने निर्बाचन स्रोतले जनाएको छ ।