
Tgp
Bsn
Rsb
jsb
Rks
Ssb
Nsb
Usb
Ksb
Csb
Ssb
Fmb
Ppu
Ksb
Ksb
Gsb

Usb
Hl1
Gsb
Ssb
Tsb

ptl
Nps
Rgu
प्यूठान। शुक्रवार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि प्यूठानमा तारजालीसहित सीसी क्यामेरा जडान गरिएको छ ।
मतपत्र सुरक्षाका लागि जिल्लाका नौ वटै स्थानिय तहका मतगणनास्थलमा तारजालीसहित क्यामेरा जडान गरिएको हो । मतदानपछी सुरक्षित तरिकाले मतगणना गर्नका लागि जिल्लाका मतगणनास्थलमा आवास्यक तयारी पूरा गरिएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए।
यस्तै स्वर्गद्वारी नगरपालिका बाहेक जिल्लाका अन्य ८ स्थानीय तहको सम्बन्धित गाउँपालिकाको केन्द्रमा नै मतगणना गर्ने व्यवस्था मिलाइएको छ । गणक तारजालीभित्र र दलीय प्रतिनिधि बाहिरका घेरामा राखेर गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी श्रीवास्तवले बताए।
प्यूठानमा कुल २ सय २० मतदान केन्द्र एव १ सय ५१ मतदान स्थल तय गरिएको छ । यसका लागि १ हजार ८४ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए।कामनाडेली
