
Gsb
Fmb
Ppu
Nsb
Ksb
jsb
Csb
Ksb
Bsn
Ksb
Ssb
Rks
Rsb
Tgp
Ssb
Usb

Usb
Gsb
Tsb
Ssb
Hl1

ptl
Nps
Rgu
दाङ । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।
भारतमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।
बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको दाङ एसपी काफ्लेले बताए ।
बैठकमा दाङका प्रजिअ हिरालाल रेग्मीसहित दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले राष्ट्रिय अनुसन्धानका प्रमुख अर्जुन भण्डारी नेपाली सेनाका प्रमुख सशस्त्र प्रहरीका प्रमुख लगायत दुई जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको दाङ एसपी काफ्लेले जानकारी दिए ।
