
Ssb
Gsb
Ssb
Fmb
Tgp
Ksb
Rsb
Ksb
Usb
Ksb
Nsb
Rks
Ppu
Bsn
jsb
Csb

Gsb
Hl1
Tsb
Ssb
Usb

Rgu
Nps
ptl
जाजरकोट । स्थानीय तह निर्वाचनले यतिबेला सामान्य नागरिक देखि उच्च ओहदा र दुरदराजदेखि सुगम सम्मका सबै क्षेत्रलाई अस्तव्यस्त बनाएको छ।
जहाँपनि र जहिलेपनि नागरिकको सुरक्षार्थ सबैभन्दा पहिला अगाडि पर्ने निकाय हाे नेपाल प्रहरी। विभिन्न जाेखिम माेल्दै जनधनकाे रक्षाका लागि तैनाथ प्रहरी अहिले याे स्थानीय तह निर्वाचनको लागि आफ्नो मिशनमै छ।
कर्णाली प्रदेशमा भने नागरिकका स-साना समस्या संग नै जुध्नु पर्ने नेपाली प्रहरीलाई चुनौती छ। त्यहि बिचमा कतिपय समस्या त प्रहरी समक्ष नआएरै अन्याेलमै सिमित रहन्छन् कारण हाे दुर्गम क्षेत्र। अहिले सामाजिक संजालमा कर्णाली प्रदेश अन्तर्गत जाजरकोटमा प्रहरीले सुत्केरी महिला बाेकेकाे तस्बिर सार्वजनिक भइरहेकाे छ र चर्चा पनि उतिकै छ।
गत १८ गतेकाे कुरा हाे जाजरकोटकाे कुशे गाउँपालिकामा रहेकाे प्रहरी चौकि पैंकमा बिहान १० बजेतिर चौकि प्रमुख प्रहरी सहायक निरीक्षक गंगाबहादुर चन्दलाई अपरिचित नम्बरबाट फाेन आयाे। प्रहरी सहायक निरीक्षक चन्दले फाेन उठाउछन उताबाट पुरुष मान्छे अत्तालिएर हलाे!हलाे!हलाे! भनिरहन्छन तर पूरा स्पष्ट कुरा सक्दैन। यहि हाे दुर्गमकाे पिडा। त्यसपछि प्रहरी सहयक निरीक्षक चन्दकाे पुनः फाेन प्रयास पछि उनै पुरुषले भन्छन:`मेराे श्रीमतीलाई गर्भवती व्यथाकाे सङकेत हल्का हल्का देखिएपछि स्वास्थ्य चौकि जान अरु गाउँका काेहि आफ्नै काममा व्यस्त छन काेहि संग सम्पर्क भएन अनि मैले बहिनीलाई साथि ल्याएर तिनजना आयौं तर यहाँ बाटाेमै व्यथाले च्याप्याे कुशे गाउँपालिका -८ मलुटाडामा गहुँ बारीमै छटपटाउदै छे! लौ हजुर बचाई दिनु पर्याे।” उनी थप्छन् “अरु कसैसँग सम्पर्क नभएपछि पुलिसलाई त सम्पर्क हाेला भनेर फाेन गरेकाे हजुर बचाइ दिनु पर्याे।´
प्रहरी चौकिमा रहेका प्रहरीहरु निर्वाचनलाई मध्य नजर गरेर विभिन्न डिउटीमा खटिसकेकाे अवस्था थियाे। तर त्यस्तो हृदयविदारक आवाजमा र समस्या सुनेपछि त्यसपछि प्रहरी निरीक्षक चन्द सहित ४ जनाकाे टाेलि पैदल डेढ घण्टा हिडेर उक्त ठाउँमा पुग्छन। फाेन गर्ने नवराज राेकाय र सुत्केरी २८ वर्षिय दुर्गा राेकाय रहेकाे प्रहरीले पुष्टि गर्छ। प्रहरी पुग्दा गहुँ बारीमै बच्चा जन्मिसकेकाे थियाे। तर सुत्केरी दुर्गा भने अचेत झै थिइन प्रहरीहरुकाे टाेलिले त्यहाँबाट स्टेचरमा तीन घण्टा पैदल हिडेर पैंक स्वास्थ्य चौकि पुर्याउछन।
त्यहाँ उपचारकाे लागि स्वास्थ्य चौकिमा पुर्याएपछि प्रहरी टाेली पुनः आफ्नो दैनिकी डियुटीमै फर्किन्छ। त्यहि दिन बेलुका सुत्केरी र बच्चाको स्वास्थ्य ठिक भएको भन्दै स्वास्थ्य चौकिबाट डिस्चार्ज भइसकेको कुरा सुनाउदै नवराजले फाेनमै प्रहरीलाई धन्यवाद दिदै प्रहरी संग खुशी साटछन।
तर उक्त तस्बिर हिजाे आज करिब एक साता पछि सार्वजनिक भयाे। कारण हाे दुर्गम क्षेत्र जहाँ सञ्चारकाे भरपर्दो माध्यम छैन। याे एउटा बाहिर आएकाे प्रतिनिधि मुलक समस्या मात्रै भएको तर यस्ता अनेक समस्याहरु संचार सेवाबाट वञ्चित रहेका रहेका ठाउँबाट भने प्रहरी समक्ष कुनै सुचना आउन गाह्रो हुने र आए पनि समय लाग्ने भएकै कारण याे घटना पनि ढिलाे सार्वजनिक भएको तर त्याे दिन राेकाय दम्पतीकाे लागि नेपाल प्रहरी साच्चै भगवान नै बन्दिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।
त्यसैगरी जिल्लामा हुने अनेक घटनाहरु तथा यावत सुचना आदानप्रदान तथा यातायात सुविधाको लागि मात्रै पनि जिल्ला प्रहरी कार्यालय मताहतका प्रहरी युनिट हुँदै नागरिक सम्म सहजै पुग्न सक्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष निरौलाले बताए।
उनी भन्छन्; “हाम्रो लागि पहिलो माध्यम सुचना प्रविधि र दाेस्राे माध्यम यातायात हाे दुरभाग्य भनौ त्यसकै अभावमा हामीले समयमै नागरिकको सेवामा समर्पित हुन नसक्ने अवस्था छ, चुनौतीहरु पन्छ्याउदै जादा समय लागि हाल्छ त्यसले गर्दा दुर्गमले थिचेका नागरिकलाई अनेक समस्या संग जुध्दा जुध्दै झन थिचेकाे छ।”देश संघीयतामा गयाे विकासे नाराहरुका साथ गाउँ गाउँमा सिंहदरबार भन्दै राज्यकाे पुन:संरचना गरियाे तर कर्णालीकाे पिडा भने पहिलेकै अवस्थामा छ। कर्णालीका लागि याे घटना एउटा उदाहरण मात्रै हाे कर्णालीका अन्य जिल्लामा यहि समस्याबाट मात्रै हजारौं सुुत्केरी र शिशुको ज्यान गइरहेकाे अवस्था छ।जनसहारा
