दाङ । पश्चिम दाङमा बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ ।
हिजो हावाहुरी सहितको असिना पानीका कारण स्थानिय खोलामा आएको बाढीले बगाउँदा बबई गाउँपालिका ४ हस्नापुर बस्ने १७ वर्षका सन्ध्या परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
हिजो बेलुका साढे पाँच बजेतिर हस्नापुरमा रहेको स्थानिय खोला तर्ने क्रममा बाढिले बगाउँदा गम्भिर घाईते हुनु भएका परियारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा हिजो बेलुका मृत्यु भएको प्रहरीले बताएको छ ।