
Ssbus
Pbu
nsm
Gsl
Bs1
Ssbus
ssbus
Sssbus1
tssbus
Sssbus1
Ssbus

Rgs
Bbbpu
Wsp
Rgu
Tsm
Gst
Rgu
Sls
Rsb
Ssm
Pvg
Bbu
Asm
Ksm
Sbs
Hal
Vor
Ggd
nsb

Mks
Gsb
sab
Syp
Rmb
Jmb
bbt
Ptm
Bml
Jmb
Rpp
Pls
Abd
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १ को हर्नोक काउले सिंगो गाउँ एमालेमय भएको छ । राष्ट्रिय जनमोर्चामा रहेका लोकबहादुर वली, स्याम पुन, जगबहादुर नेपाली सहितका सिंगो समूहलाई मंगलबार एमालेका पोलिटव्यूरो सदस्य एवं घोराही उपमहानगरमा प्रमुख पदका उम्मेदवार नरुलाल चौधरीले ति कार्यकर्ताहरुलाई एमाले पार्टीमा प्रबेश गराउनुभएको हो ।
त्यसैगरी,कांग्रेसमा आस्था राख्नेहरु पनि एमालेमा प्रबेश गरेका छन् । हर्नोकमा चुनावी सभाको आयोजना गरि विभिन्न पार्टी छोडेका नेता कार्यकर्ताहरुलाई एमालेमा स्वागत गर्नुभयो । साविक रामपुर गाविस वडा नम्बर ५ को सो गाउँ अब एमालेमय भएको छ । यस्तै उक्त गाउँमा दुईचार घर अन्य पार्टीमा आस्था राख्ने रहेको र अरु २ सय बढी घरधुरी सबै एमालेमा आबद्ध भएका छन् ।
जनमोर्चा छोड्दै गर्दा लोकबहादुर वली र श्याम पुनले गठबन्धनका नाममा पार्टीको बिचार, सिद्धान्त र अस्तित्व नै समाप्त भएपछि अब क्रान्तिकारी तथा भबिष्य भएको पार्टी एमाले भएकाले आफुहरु प्रबेश गरेको बताउनुभयो । गठबन्धन गरेर देशलाई अस्थिरता तर्फ लगेको, चुनाव चिन्ह बिर्सिएर कांग्रेस र माओबादीका सहारा लिएपछि आफुहरुलाई अपमानको महशुस भएको बताउनुभयो ।
पार्टी प्रबेश र चुनावीसभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार चौधरीले संबृद्धीको बाटोमा देशलाई अघि बढाउने भनेकै एमाले पार्टी भएको बताउनुभयो । गठबन्धन सँग डराउनु पर्ने कुनै कारण नै नरहेको भन्दै एमालेले जनताको मतले विजयी हासिल गर्ने उल्लेख गर्नुभयो । विचार, शिद्धान्त र कामको मूल्यांकन जनताले गरेकै कारण एमालेलाई रोज्ने बढ्दै गएको धारणा राख्नुभयो ।
त्यसैगरी, उपमेयरका उम्मेदवार हुमा डिसीले महिला अधिकार, न्याय र संबृद्धीका लागि एमालेको विकल्प नभएको बताउनुभयो । वडा नम्बर १ का अध्यक्षका उम्मेदवार राममणी पाण्डेले जनता माथी बिश्वास गर्ने पार्टी एमाले भएको बताउनुभयो । जनताकै साथले गाउँ गाउँमा विकासका आधारभूत कामहरु गर्न सकिएको र अब फेरी निर्वाचित भएर थप विकासका कामलाई अघि बढाउने स्पष्ट पार्नुभयो ।
