
Ssbus
ssbus
Bs1
Sssbus1
Gsl
Ssbus
Pbu
Sssbus1
tssbus
Ssbus
nsm

nsb
Ggd
Gst
Bbbpu
Tsm
Rgu
Sbs
Rsb
Ssm
Rgs
Rgu
Ksm
Bbu
Asm
Wsp
Hal
Sls
Pvg
Vor

Rmb
Ptm
Mks
sab
bbt
Bml
Jmb
Abd
Gsb
Rpp
Syp
Pls
Jmb
दाङ । दाङको राप्ती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सीता नेपाली सहित ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवार मध्ये नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी सीता नेपाली, जनता समाजवादी पार्टीबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी दिपशिखा न्याैपाने, नेकपा एकीकृत समाजवादीबाट वडा नम्बर ३ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हिमाल अधिकारी, सोही पार्टीबाट वडा नम्बर ७ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजकुमार खत्रीले उम्मेदवारी फिर्ता लिएको राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज अर्यालले जानकारी दिएका छन् ।
त्यसै गरि नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा नम्बर २ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएका तारा सुनार, सोही पार्टीबाट सोही वडामा खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका प्रविण बहादुर कुमाल, सोही पार्टीबाट वडा नम्बर १ मा महिला सदस्य पदमा उम्मेदवारी रिमा गुरूङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीबाट वडा नम्बर १ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गोविन्द रोका ( गोपाल), सोही पार्टीबाट वडा नम्बर ३ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका रामकुमार चाैधरीले पनि उम्मेदवारी फिर्ता लिएको राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत अर्यालले जानकारी दिएका छन् ।
यसै बीच निर्वाचन कार्यालयले आजै अन्तिम नामावली प्रकाशन गर्ने र भोलि वैशाख १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने बताइएको छ ।
