ओमप्रकाश गुप्ता शुक्रबार, बैशाख १६, २०७९

दाङ । दाङको राप्ती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सीता नेपाली सहित ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवार मध्ये नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी सीता नेपाली, जनता समाजवादी पार्टीबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी दिपशिखा न्याैपाने, नेकपा एकीकृत समाजवादीबाट वडा नम्बर ३ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हिमाल अधिकारी, सोही पार्टीबाट वडा नम्बर ७ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजकुमार खत्रीले उम्मेदवारी फिर्ता लिएको राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज अर्यालले जानकारी दिएका छन् ।

त्यसै गरि नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा नम्बर २ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएका तारा सुनार, सोही पार्टीबाट सोही वडामा खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका प्रविण बहादुर कुमाल, सोही पार्टीबाट वडा नम्बर १ मा महिला सदस्य पदमा उम्मेदवारी रिमा गुरूङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट वडा नम्बर १ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गोविन्द रोका ( गोपाल), सोही पार्टीबाट वडा नम्बर ३ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका रामकुमार चाैधरीले पनि उम्मेदवारी फिर्ता लिएको राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत अर्यालले जानकारी दिएका छन् ।

यसै बीच निर्वाचन कार्यालयले आजै अन्तिम नामावली प्रकाशन गर्ने र भोलि वैशाख १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]