दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नाका क्षेत्रका अग्नि पीडितलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा दुलैयाले राहत प्रदान गरेको छ ।
बिहीबार उपशाखाका सभापति राजकुमार यादव, सचिव घनश्याम चौधरी,सल्लाहकार दिपेन्द्र कुमार शुक्ल,स्वयंसेवक प्रमोद यादवको टिम भएर राजपुर गाउँपालिका वडा नम्बर ६ कल्याणपुरका र वडा नम्बर ७ गन्धैला नाकामा पुगेर अग्नि पीडितलाई राहत प्रदान गरिएको हो ।
वडा नम्बर ६ कल्याणपुरका ओमप्रकाश नेपाली र वडा नम्बर ७ गन्धैलाका जिबलाल लोहार,रामबहादुर कामी,प्रेम पुन,निम बहादुर पुन,बम बहादुर पुनलाई रेडक्रस उपशाखा दुलैयाले स्थलगतमा पुगेर ६ घरलाई एक एक थान त्रिपाल ओढ्नलाई कम्बल, बाल्टिन,धोती,सर्ट,वितरण गरेको उपशाखा सभापति राजकुमार यादवले जानकारी दिनु भयो । अग्नि पीडितहरुको यहीँ बैशाख महिना भित्र आगलागी भएर घर,गोठ,अन्नपात, लत्ताकपडा लगायत सम्पूर्ण सरसामान जलेर नस्ट भएको छ ।