Sidha Patra मंगलबार, बैशाख १३, २०७९

दाङ । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर लमहीमा नेकपा एमालेले निर्वाचन परिचालन गर्न विभिन्न निर्णय गरेको छ ।

नेकपा एमाले लमही नगर कमिटिको बैठकबाट रतनकुमार केसीको संयोजकत्वमा मुल परिचालन समिति गठन गरेको छ । जसको सहसंयोजकमा लक्ष्मी शर्मा, सचिवमा शिवराज गिरी र सदस्यहरुमा जिल्ला कमिटि सबै सदस्य, नगर कमिटिको सबै पदाधिकारी, वडा तथा विभिन्न जनवर्गिय संगठनका सबैलाई समेटिएको छ ।

निर्वाचनलाई लक्षित गरेर पवन शर्मा रिजालको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ । जसका सहसंयोजकमा भानु जोशी र सचिवमा दशरथ घिमिरे रहनु भएको छ । यसैगरी धुपनारायण चौधरी संयोजक रहेको आर्थिक संकलन समिति गठन गरिएको छ । सहसंयोजकमा गोपाल ज्ञवाली र सचिवमा रेशम केसी रहनु भएको छ । कार्यालय व्यवस्थापनको संयोजकमा वेदनिधि धिताल, सहसंयोजकमा अवजर अली, सचिवमा गोपाल विक रहनु भएको छ ।

राजेश क्षेत्री संयोजक र अनुप बुढा सहसंयोजक रहेको सांस्कृतीक समिति गठन गरिएको छ । निर्वाचन अनुगमन गर्न रेवतीरमण शर्मा, सरस्वती गौतम, कुलबहादुर केसी, नारायण डाँगी छम्पाली, वेदनिधि धिताल, डिल्लीबहादुर खड्का, पुनाराम अधिकारी रहरनु भएको छ । नेकपा एमाले लमही नगर कमिटिका अध्यक्ष दण्डिराम चौधरीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]