Sidha Patra मंगलबार, बैशाख १३, २०७९

दाङ । नेत्र विक्रम चन्द विप्ल नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिए पनि नेताहरुले भने भाग लिएका छन् ।

दलको तर्फबाट नभएपनि उनीहरुले स्वतन्त्रको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका विभिन्न पदमा उमेदवारी दर्ता गराएका छन् । विप्लव पटाीका नेता खेमराज वलीले तुलसीपुरको उपमेयरमा स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् । यस्तैगरी किरण डाँगीले तुलसीपुर ७ को वडा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।

यस्तै उहाँले पनि स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् । यस्तैगरी विप्लव पाटी निकट मिनप्रसाद ढकाल (अरबिन्द)ले तुलसीपुर १४ को वडा अध्यक्ष पदमा स्वतन्त्रबाट उमेदवारी दिएका छन् । उनी तुलसीपुरका व्यापारी समेत रहेका छन् ।

त्यस्तै उनीहरुले पाटी निर्वाचनमा सहभागी नभएपनि जनताको चाहाना अनुसार स्वतन्त्र रुपमा उमेदवार भएर निर्वाचनमा भाग लिएको बताएका छन् । विभिन्न राजनितिक दलहरुले जनतालाई आश्वासन बाड्ने र काम नगर्ने जस्ता प्रबृतिको विकास भएकाले त्यसलाई चिर्नका लागी आफुहरुको उमेदवारी भएको उनीहरुले बताएका छन् । आफुहरुले निस्वार्थ रुपमा जनभावना अनुसार काम गर्ने अठोट लिएको बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]