
Rsb
Ksb
Ksb
Nsb
Rks
Tgp
Usb
Fmb
Gsb
Csb
jsb
Ssb
Ppu
Ssb
Bsn
Ksb

Usb
Ssb
Hl1
Gsb
Tsb

Nps
Rgu
ptl
दाङ । राप्ती गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको लागि जगतप्रसाद पोख्रेल र उपाध्यक्षमा कमलापती चौधरीले मनोनयन उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पोख्रेलले अध्यक्षमा र चौधरीले उपाध्यक्ष पदमा मनोनयन उम्मेदवारी दर्ता गराएका हुन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको राप्ती गाउँपालिकाको निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ ।
तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको पालामा यहाँ राजधानी घोषणा भएको थियो । राजधानीको व्यवस्थापन र कार्यान्वयनका लागि एमालेका उम्मेदवारले पहिलो प्राथमिकता दिने प्रतिक्रिया दिएका छन् ।
पञ्चेबाजा सहित झाँक्री र र्याली सहित मनोनयन दर्ता गराउन पुगेका थिए । राप्तीका ८ वटा वडामा एमालेले मनोनयन दर्ता गराएको छ । एमालले मात्र ४७ जनाले विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । यो पालिकामा अघिल्लो चुनावमा नेपाली काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।
