दाङ । देउखुरीको लमही नगरपालिकाको प्रमुख र उपप्रमुख सहित नगरको सबै वडाको वडा अध्यक्ष र सदस्यका लागि नेकपा एमाले लमही नगर कमिटीले आज मनोनयन उम्मेदवारी दर्ता गरेको छ ।
जसको प्रमुख मेयरको लागि नेकपा एमाले लमही नगर कमिटीका अध्यक्ष दण्डीराम चौधरी र उपप्रमुख उपमेयरको लागि सुशीला शर्माको नाम लगेर आज लमहीमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेको हो ।
त्यस्तै लमही नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नुमराज पौडेल यस अघिका वडा अध्यक्ष दोहोरिनु भएको छ । यस्तै वडा नम्बर २ मा अतिराम चौधरी,वडा नम्बर ३ मा तुलसीराम अधिकारी, ४ मा चेतराज चौधरी,५ मा विम बहादुर केसी उहाँ यस अघिको वडा अध्यक्ष दोहोरीनु भएको हो । त्यस्तै वडा नम्बर ६ मा गोमा बस्नेत ७ मा ओमराज गिरी २०७४ सालको निर्वाचनद्वारा प्रत्यासी समेत हुनुहुन्छ भने वडा नम्बर ८ मा जनक बुढा मगर यस्तै ९ नम्बर वडाको अध्यक्षमा खिम बहादुर केसी रहनु भएको संघीय निर्वाचन क्षेत्र नम्बर १ का संयोजक शिवराज गिरीले जानकारी दिनु भयो ।