
Anm
mbd
Gisld
Gmk
Mbdvs
Rbs
Pbu
Sds
Ksm

Tsm
Sls
Hal
Vor
Ksm
Ssm
Wsp
Bbu
Rsb
Rgu
Pvg
nsb
Ggd
Rgs
Gst
Asm
Sbs
Bbbpu
Rgu

Mks
Jmb
bbt
Gsb
Rpp
Syp
Abd
Bml
Pls
sab
Ptm
Jmb
Rmb
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो ५२ औं स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच मैत्री पुर्ण प्रतियोगीता सुरु गरेको छ ।
संघले आइतवार एक कार्यक्रमको आयोजना गरि प्रतियोगीताको उद्घाटन गरेको हो । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य रामदयाल गुप्ताको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए । शनिवार विहान भएको फुटवल दाङ जिल्ला फोटोग्राफर एशोसियसन र मोवाइल व्यवसायी विच भएको प्रतियोगीतामा फोटो ग्राफर विजयी भएको हो । १ का विरुद्ध ६ गोलले फोटो ग्राफर विजयी भएको फुटवल प्रतियोगीता उप समितीका संयोजक विकास वलीले जानकारी दिए । प्रतियोगीतामा ६ वटा समुहको सहभागिता रहेको छ । यसैगरेर दौड प्रतियोगीतामा मनकर्ण के सी प्रथम रामु केसी द्धितीय भएका थिए । भएको दौड प्रतियोगीता उप समितीका संयोजक विनोदप्रसाद पाण्डेले जानकारी दिए ।
व्यवसायीहरुलाई खेलको माध्यम बाट मनोरञ्जन, भेटघाट गराउने तथा आपसमा चिन जान गराउने उदेश्यले मैत्रिपुर्ण प्रतियोगीता आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीे जानकारी दिए । संघको स्थापना दिवसको अवसरमा फुटवल प्रतियोगीता,दौड,कुसी दौड तथा हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको प्रतियोगीता समितीका संयोजक रामप्रसाद पोख्रेलले जानकारी दिए । संघले आफनो स्थापना दिवसको अवसरमा विगतका वर्ष देखि नै मैत्रीपुर्ण प्रतियोगीताहरु सञ्चालन गदै आएको छ ।
