
Rsb
Ksb
Rks
Ksb
Ssb
Bsn
Nsb
Usb
Ksb
Gsb
Tgp
Ppu
jsb
Ssb
Csb

Hl1
Gsb
Usb
Ssb
Tsb

Nps
ptl
Rgu
दाङ । विगत लामो समयदेखि बैज्ञानिक वन व्यवस्थापन र सम्बर्द्धन तथा सदुपयोग हुनु पर्ने माग राख्दै निरन्तर लागि परेको बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालले अब खरोरुपमा उत्रिएर आफ्ना कार्यक्रमहरु अघि सार्ने बताएको छ ।
नेपाल सरकारको वन संग सम्बन्धित निकायहरुमा विभिन्न समयमा पुगेर बैज्ञानिक वन व्यवस्थापनको कार्यविधिलाई अघि बढाउन भनि बारम्बार ज्ञापन पत्रहरु बुझाउने गरिएको भएपनि हालसम्म कुनै ठोस निर्णय दिन नसकेकोले अब कुनैपनि हालतमा महासंघ खुम्चिएर नबस्ने जनाएको छ ।
शनिबार दाङको लमहीमा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता तथा सो संघका केन्द्रीय अध्यक्ष रेणु शेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले तपसिलका प्रस्ताव एवं निर्णयहरु पारित गरेको हो ।
जसमा पहिलो प्रस्तावमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व रहने गरि बैज्ञानिक वन व्यवस्थापन भएका जिल्लाहरुमा यहीँ आउँदो चैत २३ गते ११ बजे जिल्ला महासंघको पहलमा मिडिया सहित जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयमा ज्ञापन पत्र बुझाउने साथै लुम्बिनी प्रदेशको वन मन्त्रालय तथा मुख्यमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाउने भनि निर्णय भएको छ ।
यसैगरी प्रस्ताव नम्बर २ मा २०७७ साल २ महिना १५ गतेको मन्त्री परिषदको निर्माण अनुसार सा.व.उ.मा यथा स्थानमा सम्पूर्ण कार्य बन्द गर्ने निर्णय गरि २०७७/ ११ गते पुनः मन्त्री परिषदको निर्णय अनुसार बैज्ञानिक वनको कार्यविधि नै खारेज गरेको साथै कुनै विकल्प नदिएकोले हालसम्म कार्य योजना अनुसार कार्य सम्पादन नभई बैज्ञानिक वन व्यवस्थापन लागु भएका सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ता छिमेकी उपभोक्ताको काठ दाउराबाट बन्चित भई सेवा सुविधा प्रयोग गर्न नपाएकोले यस भन्दा अगाडि संघिय,प्रदेशका सम्बन्धित मन्त्रालय र डिभिजन वन कार्यालयमा शान्तिपूर्ण समन्वय गर्दा कुनै निर्णय नआएको र २३ गते पेश गरेको ज्ञापन पत्र कार्वाही ( कार्यान्वयन) नभएमा लुम्बिनी प्रदेश अन्तरगत डिभिजन वन कार्यालयहरुमा घेराबन्दी गरि कोणसभामा परिणत हुने भएकोले कोणसभामा तपसिलको जिल्ला र तपसिलका प्रतिनिधिहरुले कोणसभा सम्बोधन गर्ने निर्णय गरेको हो ।
तपसिल
१ – बर्दियामा रजरानी चौधरी,गंगाराम पाठक
२ – बाँकेमा टोपबहादुर खड्का
३ – दाङ डम्बरबहादुर शिरीष
४ – अर्घाखाँची नारायण पौडेल
५ – कपिलवस्तु दिपक कुमार थापा,रेणु शेन
६ – प्युठान हरिप्रसाद पौडेल
७ – रुपन्देही चमाकान्त पौडेल
त्यस्तै प्रस्ताव नम्बर ३ मा आगामी समिक्षा बैठक दाङको भालुबाङ्गमा बस्ने तथा सम्पूर्ण जिल्लाका अध्यक्ष,सचिव, कोषाध्यक्षलाई अनिवार्य रुपमा उपस्थित गराउने निर्णय भएको छ । यस्तै प्रस्ताव नम्बर ४ मा २०७९ साल बैशाख ५ गतेको दिन वन तथा वातावरण मन्त्रालयको कार्यालय बन्द तथा घेराउ गर्ने निर्णय गरिएको छ ।
छलफल बैठक कार्यक्रममा,केन्द्रीय उपाध्यक्ष खेम नारायण अधिकारी,रुपन्देही जिल्लाका अध्यक्ष चमकान्त गौडेल,बर्दिया जिल्लाका अध्यक्ष गंगाराम पाठक,अर्घाखाँची जिल्ला अध्यक्ष सुर्य बहादुर घर्ती मगर लगायतकाले आफ्नो धारणा राख्नु भएको थियो भने बैठक कार्यक्रमको संचालन केन्द्रीय सचिव दिल्ली राज रेग्मीले गर्नु भएको थियो ।

