टोपेन्द्र खनाल शनिबार, चैत्र १९, २०७८

दाङ । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आ-आफ्ना पार्टीले चुनाबी गतिविधि अघि बढाउने क्रम जारी राख्दै गर्दा राप्रपा राजपुरले पनि आफ्नो पार्टीको चुनावी गतिविधीहरुलाई अघि बढाएको छ ।

राजपुर गाउँपालिकाको वडा नम्बर-३,प्रतापपुरमा एक कार्यक्रम गर्दै राजपुर गाउँपालिकाका राप्रपा पार्टीका अध्यक्ष सर्जुप्रसाद यादवले बिगतका दिनहरुमा नेपाली काङ्ग्रेस पार्टीका नेताले जनताको घरका छाना ठटाएकै कारण माओवादी पार्टीको जन्म भएको र अहिले माओवादी सत्तामा गएर ढोल मात्रै ठटाउने काम भैरहेकोले जनता वाक्क परि अवको बिकल्प भनकै राप्रपा भएको दावी गरेका छन् ।

चुनावी गतिविधिलाई अघि बढाउनका लागि आवश्यक सल्लाह सुझाव संकलन गर्दै राप्रपाको टोलि क्रमशः राजपुरको सबै वडामा हिड्दै छ । कार्यक्रममा प्रदेश सदस्य हिरालाल खडका, प्रदेश ख का अध्यक्ष शेषमणी घिमिरे,जिल्ला उपाध्यक्ष गिरिजा चौधरी,क्षेत्रीय सचिव कमल न्यौपाने र क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष लिलाराम यादव,महाधिवेशन प्रतिनिधि नरबहादुर केसी, क्षेत्रीय सदस्य हिरालाल यादव लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै केही दिन पछि दाङको लमहीमा पार्टीका युवा नेता ज्ञानेन्द्र शाही,लगायतको टिम आउँने कार्यक्रम समेत रहेको क्षेत्रनम्बर १ का अध्यक्ष लिलाराम यादवले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]