शिबराज पन्थी/गढवा शनिबार, चैत्र १९, २०७८

दाङ । दलितहरु माथी हुने जातिय बिभेद र उत्पिडनका बिरुद्ध संघर्ष गर्न राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले आह्वान गर्नुभएको छ ।

शनिवार देउखुरीको गढवामा दलित शसक्तिकरण अभियानको केन्द्रिय कार्यालयले आयोजना गरेको दोश्रो बार्षिक साधारणसभाको उद्घाटन गर्दै बिश्वकर्माले यस्तो बताउनु भएको हो ।

त्यसैगरी कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष बिश्वकर्माले नेपालको संबिधानले दलितहरु माथी हुने अन्याय र बिभेदको अन्त्य गरेको भएपनि दलितहरुमाथी सदियौं देखि अन्याय, अत्याचार र सामाजिक बिभेद हुने गरेको भन्दै कानुन कार्यान्वयनको पक्षमा राज्य गंभिर हुनुपर्ने बताउनु भयो । सरकारले दलितहरुलाई ६० बर्ष पुगेपछि भत्ता दिने र राज्यका हरेक निकायहरुमा प्रतिनिधीत्व गराउने निती लिएपछि केहि हदसम्म दलित वर्गको शसक्तिकरण हुदै आएको र उत्पिडन र बिभेदमा केही सुधार भएको अध्यक्ष बिश्वकर्माले बताउनुभयो । दलित शसक्तिकरण अभियानका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले दलित वर्गको हक,हित र अधिकारका लागि स्थानीय सरकारले बजेट र कार्यक्रमहरु बितरण गर्दै शसक्तिकरणमा टेवा पुरयाएको बताउनुभयो ।

कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी,नेपाल उत्पिडीत जातिय मुक्ती समाज दाङका अध्यक्ष मानबहादुर बिक,जनता समाजवादी दाङका उपाध्यक्ष जगतराम यादव,नेकपा एकिकृत समाजवादी क्षेत्रनं. १ का संयोजक रामप्रसाद गैरे, गढवा गाउँपालिका वडानं. १ का अध्यक्ष बाबुराम अधिकारी,नेपाली काँगे्रस गढवाका सभापति किरण पौडेल,एमाले गढवाका सचिवालय सदस्य भानु यादव,जनता समाजवादी पार्टीका महबुव अली,वडा सदस्यहरु गोबिन्द ओली,कमला नेपाली,निर्मला परियार,साबित्रा गहतराज लगायतले बोल्नु भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष जया बिश्वकर्माले आर्थिक प्रतिवेदन र अध्यक्ष बेगम गहतराजले संस्थागत प्रतिवेदनका साथमा भावस् रणनिती सहितको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले देउखुरीको गढवामा केन्द्रिय कार्यालय राखी बिभिन्न जिल्लाहरुमा शाखा बिस्तार गर्ने,स्थानीय, प्रदेश र केन्द्र सरकारसंग पहल गरि दलितहरुलाई बिभिन्न आयमुलक र सिपमुलक कार्यक्रमहरु संचालन गरि दलित वर्गका नागरिकहरुलाई स्वाबलम्बन र स्वरोजगार बनाउने,दलितहरुको आर्थिक र सामाजिक शसक्तिकरणमा बहस पैरवी गर्दै राज्यका हरेक निकायहरुमा प्रतिनिधीत्वलाई सुनिश्चित गर्ने लगायतका महत्वपुर्ण कार्यक्रमहरुलाई सकृयता साथ अगाडी बढाउने अभियानको लक्ष्यका साथ कार्यक्रमहरु परित गरेको अध्यक्ष गहतराजले जानकारी दिनु भयो ।

अभियानका उपाध्यक्ष चन्द्रबहादुर नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव दुर्गा बहादुर सुनारले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]