Sidha Patra बिहिबार, चैत्र १७, २०७८

दाङ । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसिएसन नेपाल ( नेसनल प्याव्सन) लुम्बिनी प्रदेशको आयोजनामा सातौं राष्ट्रिय महाधिवेशनबाट कुवेर बस्नेतको अध्यक्षतामा लुम्बिनी प्रदेश कमिटीमा निर्वाचित पदाधिकारीहरुले लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको भालुवाङमा एक भव्य कार्यक्रमको बिच राष्ट्रिय अध्यक्ष पाण्डव हमालबाट सफथ ग्रहण गर्दै पदभार ग्रहण गरेका छन ।

नव निर्वाचित समितिद्वारा सम्मान कार्यक्रम:
यसैबिच नेसनल प्याव्सन लुम्बिनी प्रदेश कमिटीले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गरि केन्द्रीय कमिटीमा निर्वाचित हुन सफल अग्रजहरु र लुम्बिनी प्रदेश निवर्तमान समिति परिवार र प्रदेश क्षेत्रमा रहेका जिल्ला अध्यक्षहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरि सम्मान गरेको छ ।

प्रदेश कमिटीका अध्यक्ष कुबेर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यमामा प्रदेशका उपाध्यक्ष डिल्लीराम काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथी राष्ट्रिय उपाध्यक्ष पारसमणी दाहाल, कृष्ण पौडेल,अतिथि केन्द्रीय सदस्य बामदेव न्यौपाने,बालकृष्ण तिवारी पुर्व केन्द्रीय सदस्य गुणाखर ढकाल र जिल्ला अध्यक्षहरु रहनु भएको थियो ।

त्यस्तै कार्यक्रममा यस प्रदेशबाट प्रतिनिधित्व गरि केन्द्रीय कमिटीमा निर्वाचित अग्रजहरु, पुर्व केन्द्रीय सदस्य , निवर्तमान लुम्बिनी प्रदेश कमिटी परिवार र प्रदेश क्षेत्रमा रहेका जिल्ला अध्यक्षहरुलाई लुम्बिनी प्रदेश कमिटीका वर्तमान उपाध्यक्ष होमनाथ ढुङ्गानाबाट सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेश कमिटीका सचिव टोपेन्द्र खनालले संचालन गरेको भव्य कार्यक्रममा शुभकामना मन्तव्य दिदै राष्ट्रिय अध्यक्ष हमालले निजी लगानिबाट खोलिएका निजि संस्थागत विद्यालयहरुको हकहितकालागि,विद्यालयमा आवद्ध शिक्षक/ कर्मचारीहरु र विद्यालयमा अध्ययनरत: विद्यार्थीहरुको पक्षमा नेसनल प्याव्सन केन्द्रीय कमिटी सदैव लाग्ने,सरकारले निजि सस्थागत विद्यालय,शिक्षक कर्मचारी र विद्यार्थीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने वातावरण शृजना उत्पन्न गराउन सबैले आ-आफ्नो स्थानबाट संगठनलाई साथ दिनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रदेशको प्रथम बैठकमा ८ प्रस्ताव पारित:
यसैबिच नेसनल प्याव्सन लुम्बिनी प्रदेशका अध्यक्ष कुवेर बस्नेतकै अध्यक्षतामा बसेको आजको बैठकले ८ वटा प्रस्तावहरुमाथी छलफल गरि निर्णय पारित गरेको छ।

पारित निर्णयहरुमा:
१- धन्यवाद तथा बधाई शुभकामना सम्बन्धमा
२- बैठक आचारसंहिता सम्बन्धमा
३- प्रदेश शिक्षा तथा सामाजिक मन्त्रालयमा प्रतिनिधि सिफारिस सम्बन्धमा
४- प्रदेश कार्यालय तथा आर्थिक व्यबस्थापन सम्बन्धमा
५-पाठ्यपुस्तक एकरुपता सम्बन्धमा
६- प्रदेशस्तरिय अतिरिक्त कृयाकलाप सम्बन्धमा
७- बैंक खाता संचालन सम्बन्धमा र
८- बिबिध

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]